Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

पार्टी हित विपरीत कार्य गरेका १५ जनाको सदस्यता खारेज : रास्वपा


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी केन्द्रिय समितिको बैठक अगामी जेठ ३० गते आह्वान गर्ने निर्णय गरेको छ ।

आईतवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी सचिवालयको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता मनिष झाले बताएका छन् । उनकाअनुसार बैठकले पार्टी हित विपरीत कार्य गरेका १५ जना सदस्यहरूको सदस्यता खारेजी गर्ने निर्णय समेत गरेको छ । उहाँले बारा जिल्ला कमिटी विघटन गरी जिल्ला अधिवेशन निर्णय समेत बैठकले गरेको बताए । उनकाअनुसार बैठकले र्यापिड एक्सन टिमको समन्वय विभाग प्रमुखमा बैकुण्ठ थापा र उपप्रमुख बिदुर खड्कालाई मनोनयन गरेको छ । साथै स्टार्टअप विभाग प्रमुख डा. प्रभात अधिकारी, सचिवमा हरि जोशीलाई मनोनयन गरिएको प्रवक्ता झाले बताएका छन् । त्यसैगरी पार्टीको शिक्षा विभाग प्रमुखमा मिलन पाण्डेलाई मनोनित गरिएको बताएका छन् ।

बैठकले वडा र पालिका अधिवेशनको कार्यतालिका समेत स्वीकृत गरेको झाले बताए । अगामी जेठ ३ गते वडा अधिवेशन र अगामी जेठ १० गते पालिका अधिवेशन गर्ने निर्णय भएको झाको भनाइ छ ।


प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?