Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

मातातिर्थका विपन्न विद्यार्थीलाई ट्रयाक सुट वितरण


काठमाडौँ । पूर्व प्रशासक तथा सामाजीक कार्यकर्ता श्री खड्गबहादुर श्रेष्ठ तथा जागरण महिला विकाश समाज नेपालकी अध्यक्ष श्रीमती सुगन्धा सुवेदीको विशेष पहलमा मिती २०८३ बैशाख २५ गते चन्द्रागिरी नगरपालिका वडा नं८को वाजचौर स्थीत श्री सेतिदेवि आधारभूत विद्यालयका विपन्न बिद्यार्थीहरूलाई  ट्रयाक सुट वितरण गरिएको छ।

जागरण महिला विकाश समाज नेपालकी अध्यक्ष श्रीमती सुगन्धा सुवेदी सिग्देलको संयोजनमा सन्चालित पूर्व प्रशासक श्री खड्गबहादुर श्रेष्ठ प्रमुख अतिथी रहेको उक्त कार्यक्रममा विद्यालयका अति बिपन्न५८जना छात्र-छात्रालाई ट्रयाक सुट वितरण गरिएको हो। कार्यक्रमका प्रमुख अतिथी श्री खड्गवहादुर श्रेष्ठले आफ्नो मन्तव्यको क्रममा काठमाडौको नजिक दक्षिणी भेगमा रहेको अधिकांस सरकारी स्कुलमा पढ्ने विद्यार्थीहरुलाई राज्यले उपेक्ष्या गरेको बताउदै उनले पिछडीएका जिल्लाका मजदुरको छोरा छोरीहरु अध्ययनरत रहेका र दयनिय आर्थिक अवस्था भएको विद्यार्थीहरुलाई सहयोगको लागी आफ्नै परिवार,साथीहरु तथा समाजसेविहरुको सानो–सानो सहयोग संकलन गर्दै निरन्तर रुपमा आवश्यकता अनुसार सहयोग गर्दै जाने कुरा बताउँदै उहाँले बिद्यार्थीको संख्यात्मक तथा गुणात्मक स्तरमा बृदि गर्न र साना नानीहरुले पनि अध्ययनका साथै सफा सुग्घरमा निरन्तरता दिदै स्कुलको ड्रेस सफाइमा ध्यान दिन सुझाब दिनुभयो ।

कार्यक्रममा जागरण महिला विकाश समाज नेपालकी अध्यक्ष सुगन्धा सिग्देलको पहलमा यसअघि पनि चुन देबि आधारभूत बिद्यालयमा ट्रयाक सुट वितरण,मच्छेगाउका नारायण जन मा. वि. ,भैरव नाथ मा. वि. च. न. पा.-१० र महालक्ष्मी आधारभूत विद्यालय च. न. पा. -६ मा पनि स्टेशनरी तथा जुत्ता वितरण गर्नुका साथै स्कूल ड्रेस,जुत्त,इ वेल्ट जस्ता सामाग्री वितरण गर्दै आइरहेको जानकारी गराउदै यो पबित्र कार्यक्रममा आबश्यक देखिएको स्थानमा निरन्तर रुपमा लागी रहने बताउनुभयो । कार्यक्रममा विद्यालय संचालक समितीका अध्यक्ष, शिक्षक, विध्यार्थी तथा सहयोगी महानुभावहरु तथा सो क्षेत्रमा सामाजिक कार्यहरुमा सकृय जागरण महिला बिकाश समाज नेपालको पदाधीकारीहरु तथा सदस्यहरु समेतको उपस्थितीमा सम्पन्न भएको कार्यक्रममा स प्रध्यानाध्यापक श्री उद्वव भण्डारीबाट धन्यबाद ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रम समापन पश्च्यात समाजसेबि तथा सेबा निबृत्त कर्मचारीहरु ऋदि नाथ सिग्देल, राम कृष्ण श्रेष्ठ, दिपक दनइ, राजु प्रशाद लामीछाने,राधे श्याम कार्की, हेमन्त सिग्देल, बम बहादुर मोक्तान तथा खड्गबहादुर श्रेष्ठले नियमित रूपमा आफ्नो तर्फबाट केहि रकम जम्मा गर्ने र सामाजीक काममा लगाउनुका साथै अरु इच्छुक सेवाभाव भयका महानुभावहरुलाई  समेत सहभागी गराउँदै लैजाने सहमति भएको छ।


प्रकाशित मिति: २६ बैशाख २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?