Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

ओली र लेखकको पक्राउ असंवैधानिक छ, सरकार संविधानअनुसार चलोस्ः एमाले


पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले असंवैधानिक ढंगले बन्दी बनाइएको भन्दै नेकपा (एमाले)ले आपत्ति जनाएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकको प्रारम्भमा बोल्दै सांसद गुरु बरालले अध्यक्ष ओली र नेपाली काँग्रेसका नेता रमेश लेखकको पक्राउ असंवैधानिक भएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले सरकार स्वयंले संविधानविरोधी गतिविधि गरिरहेको आरोप पनि लगाउनु भयो । उहाँले संविधानमा सबै नागरिकले स्वतन्त्रतापूर्वक बाँच्न पाउने तथा समानताको हक रहेको भन्दै नेताद्वय ओली र लेखकलाई तत्काल रिहाई गर्न माग गर्नुभयो । उहाँले आन्दोलनको क्रममा एमाले सांसदहरु राज्य दमनबाट घाइते भएको उल्लेख गर्नुभयो । उहाँले सरकारलाई संविधानअनुसार चल्न ध्यानाकर्षण गराउनु भयो । उहाँले भन्नुभयो, ‘आज देशमा संविधानको खिलाप गतिविधिहरु भइरहेका छन् । संविधानमा हरेक नागरिकले सम्मानपूर्वक बाँच्न, पाउने र समानताको हक प्रदान गरेको छ । सभामुखज्यूमार्फत म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ असंवैधानिक छ ।’ उहाँले आन्दोलनमा घाइते भएकाहरुको उपचार गर्न समेत सरकारसँग माग गर्नुभयो ।

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले असंवैधानिक ढंगले बन्दी बनाइएको भन्दै नेकपा (एमाले)ले आपत्ति जनाएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकको प्रारम्भमा बोल्दै सांसद गुरु बरालले अध्यक्ष ओली र नेपाली काँग्रेसका नेता रमेश लेखकको पक्राउ असंवैधानिक भएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले सरकार स्वयंले संविधानविरोधी गतिविधि गरिरहेको आरोप पनि लगाउनु भयो । उहाँले संविधानमा सबै नागरिकले स्वतन्त्रतापूर्वक बाँच्न पाउने तथा समानताको हक रहेको भन्दै नेताद्वय ओली र लेखकलाई तत्काल रिहाई गर्न माग गर्नुभयो । उहाँले आन्दोलनको क्रममा एमाले सांसदहरु राज्य दमनबाट घाइते भएको उल्लेख गर्नुभयो । उहाँले सरकारलाई संविधानअनुसार चल्न ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज देशमा संविधानको खिलाप गतिविधिहरु भइरहेका छन् । संविधानमा हरेक नागरिकले सम्मानपूर्वक बाँच्न, पाउने र समानताको हक प्रदान गरेको छ । सभामुखज्यूमार्फत म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ असंवैधानिक छ ।’

उहाँले आन्दोलनमा घाइते भएकाहरुको उपचार गर्न समेत सरकारसँग माग गर्नुभयो ।


प्रकाशित मिति: १९ चैत्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?