Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

विपद्पीडितलाई रु ५० हजार राहत दिने विहादीको निर्णय


दक्षिण पर्वतको विहादी गाउँपालिकाले विपद्मा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने भएको छ । गाउँपालिकाले विपद्मा परी मृत्यु भएका व्यक्तिको परिवारलाई जनही नगद दिने निर्णय गरेको हो । गाउँ कार्यपालिकाको बैठकले विपद् राहत तथा आर्थिक सहायता व्यवस्थापन कार्यविधि, २०७५ लाई संशोधन गर्दै गाउँपालिकाभित्र बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपमा परी मृत्यु भएका व्यक्तिको परिवारलाई राहतस्वरुप रु ५० हजार दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष प्रवीण गुरुङले जानकारी दिनुभयो ।

गुरुङका अनुसार बैठकले बसोबास गर्दै आएको घरमा आगलागीबाट पूर्णरूपमा नष्ट भएमा आवश्यक व्यवस्था गर्नका लागि रु २० हजार दिने निर्णय गरेको छ । बैठकले बाढीपहिरो तथा अन्य विपत्तिबाट पूर्णरूपमा नष्ट भएमा आवश्यक व्यवस्थाका लागि रु २० हजार तथा आंशिक घर क्षति भएमा मर्मतका लागि रु १० हजार, गोठ आगलागीबाट पूर्णरूपमा नष्ट भएमा रु आठ हजार र अन्य कारणबाट गोठ पूर्ण नष्ट भएमा रु आठ हजार प्रतिपरिवारलाई राहतस्वरुप उपलब्ध गराउने निर्णय गरेको जनाएको छ । विपद्मा परी घाइते भएकालाई सरकारी अस्पतालबाट उपचार गरी घर जान आर्थिक सहयोगस्वरुप प्रक्तिव्यक्ति रु पाँच हजार यातायात खर्च दिइने भएको छ । रोग लागि अतिविपन्न कारण उपचार गर्न जान नसक्ने परिवारलाई रु पाँच हजार सहयोग उपलब्ध गराउने निर्णयसमेत गरेको उपाध्यक्ष मीना तिवारीले जानकारी दिनुभयो ।

विपद्का कारण पशु चौपाया मरेमा प्रतिमाउ भैँसी रु सात हजार, गाई–गोरु रु पाँच हजार, माउबाख्रा र बङ्गुर रु पाँच हजार, पाठापाठी, पाडापाडी र बाच्छाबाच्छीलाई रु तीन हजार उपलब्ध गराउने निर्णय गरेको छ । साथै बिहादी गाउँपालिकाले ११औँ हिउँदे अधिवेशन आगामी माघ १० गते मङ्गलबार गर्ने निर्णय गरेको जनाएको छ ।


प्रकाशित मिति: २७ पुष २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?