Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

डढेलो फैलिन थालेपछि बस्ती जोखिममा


३० चैत ,उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट आसपासकासका जङ्गल क्षेत्रमा शनिबारदेखि डढेलो फैलिन थालेपछि यहाँका बस्ती जोखिममा परेका छन् ।

त्रियुगा नगरपालिकाको साउने, खाँबु असारी र भुसुने सामुदायिक वन क्षेत्रमा लागेको डढेलो तीव्ररूपमा फैलिँदै गएको छ । मानवबस्तीसम्म डढेलो फैलिन थालेपछि साउने, असारी र भुसुने क्षेत्र आसपासका झन्डै सात सयभन्दा बढी घर जोखिममा परेको स्थानीयवासीले बताएका छन् ।

त्रियुगा नगपालिका–१३ असारी, भुसुने सामुदायिक वन क्षेत्रमा लागेको डढेलो फैलिएर घर नजिकसम्म पुग्न थालेको भुसुनेको कर्णबहादुर रायले बताए । गाउँलेले मिलेर डढेलो नियन्त्रणको प्रयास गरिरहेका छन् ।

डिभिजन वन कार्यालय गाईघाटका अधिकृत तथा सूचना अधिकारी जागेश्वर साहले जङ्गलमा घाँसदाउरा गर्ने र गोठालो जानेले आगो लगाएको बताए । डिभिजन वन कार्यालय कटारीअन्तर्गत एक सय ५४ र गाईघाटअन्तर्गत दुई सय पाँच सामुदायिक वन छन् ।

एक महिनाअघि पनि यसरी नै विभिन्न सामुदायिक वनमा डढेलो लागेको थियो । वर्षा भएपछि डढेलो नियन्त्रणमा आएको थियो ।


प्रकाशित मिति: ३० चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?