Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

इरानको अस्वीकारका बाबजुद वार्ता जारी रहेको ट्रम्पको दाबी


एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका र इरानबीच वार्ता जारी रहेको दाबी गरेका छन् । यद्यपि तेहरानले भने दुई पक्षबीच कुनै पनि प्रत्यक्ष वा अप्रत्यक्ष वार्ता भइरहेको कुरालाई अस्वीकार गरेको छ ।

ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्स, विदेशमन्त्री मार्को रुबियो, ह्वाइट हाउसका विशेष दूत स्टिभ विटकफ र उनका ज्वाइँ जेरेड कुशनर संलग्न रहेको बताएका छन् । उनले तेहरान सम्झौता गर्न इच्छुक रहेको समेत बताए । इरानसँग कुटनीतिक पहल गर्नुको कारणबारे सोधिएको प्रश्नमा उनले उनीहरू अमेरिकासँग संवाद गरिरहेका र उनीहरूका कुराहरू तर्कसंगत रहेको बताएका छन् ।

ट्रम्पले इरानले वासिङ्टनलाई ठूलो धनराशि बराबरको अत्यन्तै महत्वपूर्ण उपहार दिएको समेत दाबी गरेका छन् । तर उहाँले त्यो उपहार ठ्याक्कै के हो भन्नेबारे खुलाउन चाहनुभएन ।


प्रकाशित मिति: १२ चैत्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?