Trending
>>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने >>   गगनको राजीनामापछि कांग्रेस ‘टर्निङ प्वाइन्ट’ मा—विश्वप्रकाशको चाल प्रतीक्षा >>   सरकारमाथि बास्कोटाको टिप्पणी : “अब जनताले बहाना मान्दैनन्” >>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

सरकारमाथि बास्कोटाको टिप्पणी : “अब जनताले बहाना मान्दैनन्”


सरकारमाथि बास्कोटाको हमला: “अब जनताले बहाना मान्दैनन्”

काठमाडौं। नेकपा एमालेका नेता गोकुल बास्कोटा ले वर्तमान सरकारप्रति लक्षित गर्दै कडा टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बास्कोटाले चुनाव जितेर आएका नेताहरूले जनतासँग गरेका वाचा बिर्सिएको आरोप लगाए। उनले नयाँ सरकारले काम थालेको तीन महिनासम्म “केही बोल्न नहुने” भन्ने तर्कलाई बेकारको भन्दै जनताको समस्या तत्काल सम्बोधन हुनुपर्ने बताए। उनले आम नागरिक अहिले पनि समस्यामा रहेको उल्लेख गर्दै नेताहरूबीचको फरक व्यवहार जनताले नजिकबाट हेरिरहेको बताए। “जनताले अब पुराना शैलीका बहाना स्वीकार्दैनन्,” उनले लेखेका छन्।

बास्कोटाले चुनावका बेला गरिएको प्रतिबद्धता पूरा गर्न सरकारलाई दबाब दिँदै जनताको अपेक्षा अनुसार काम नगर्ने प्रवृत्तिको आलोचना गरेका छन्। उनको यो अभिव्यक्तिले सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया पाएको छ भने वर्तमान सरकारको कामकारबाहीबारे पुनः बहस सुरु भएको छ।

 


प्रकाशित मिति: ५ चैत्र २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?