जुम्ला। जुम्लामा जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानबहादुर शाहीले अग्रता बनाएका छन्।
निर्वाचन आयोगको अनुसार शाहीले हालसम्म १८२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का नरेश भण्डारीले १२९ मत पाएका छन्।
त्यसैगरी नेपाली कांग्रेसका दीपबहादुर शाहीले ४० मत प्राप्त गरेका छन् भने अन्य उम्मेदवारहरूको जम्मा ३६ मत रहेको छ।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार