Trending
>>   ओखलढुङ्गाको एक मतदान केन्द्रमा किन कसैले पनि गरेनन् मतदान ? >>   कुनैपनि केन्द्रमा मतदान रोकिएको छैनः निर्वाचन आयोग >>   निर्वाचनले लोकतन्त्र सुदृढ गर्नुका साथै देशमा स्थायित्व ल्याउनुपर्छ: ओली >>   देशभर उत्साहजनक मतदानः मुस्ताङमा साढे १२ बजेसम्ममै ४० प्रतिशत मत खस्यो, प्रतिघण्टा १० प्रतिशतले बढ्दै >>   छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण मतदान, रोकिएका स्थानमा पनि सुचारु >>   समयमै मतदान गर्नुस्ः आयुक्त तुलाधर >>   ओखलढुङ्गामा मतदान बिथोल्ने भ्रामक सूचना फैलाउनेमाथि प्रहरीको कडा कारबाही तयारी >>   निर्वाचनका दिन काठमाडौं उपत्यकामा सवारीसाधन चेकजाँचमा कडाइ (तस्बिरहरु) >>   धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा उत्साहजनक मतदान >>   झापा ५ मा मतदान जारी : उत्साहजनक सहभागिता
Logo
२१ फाल्गुन २०८२, बिहीबार
२१ फाल्गुन २०८२, बिहीबार

निर्वाचनका दिन काठमाडौं उपत्यकामा सवारीसाधन चेकजाँचमा कडाइ (तस्बिरहरु)


निर्वाचनका दिन काठमाडौं उपत्यकामा सवारीसाधन चेकजाँचमा कडाइ (तस्बिरहरु)

काठमाडौँ । निर्वाचनलाई लक्षित गर्दै आज काठमाडौं उपत्यकाका सडकमा सवारीसाधन आवागमनमा निकै कडाइ गरिएको छ ।

मतदानको दिन अनुमतिपत्र (पास) नलिएका सवारीसाधन चलाउन रोक लगाइएपछि उपत्यकाका मुख्य सडकहरू सुनसान देखिएका छन् भने चोक–चोकमा ट्राफिक प्रहरीले कडा सुरक्षा जाँच गरिरहेका छन् । सडकमा गुड्ने सवारीसाधनलाई नियन्त्रण र अनुगमन गर्न प्रहरीले ‘हिलटेक’ लेखिएका ट्राफिक कोन र पहेँलो–रातो रंगका फोल्डिङ ब्यारिकेडहरू सडकको बीचमा राखेर विभिन्न ठाउँमा चेकप्वाइन्टहरू निर्माण गरेको छ । जसका कारण अन्य दिनहरूमा निकै व्यस्त रहने उपत्यकाका सडकहरू आज प्रायः खाली र सुनसान छन् । ट्राफिक प्रहरीले सडकमा गुडेका प्रत्येक सवारीसाधनलाई रोकेर सोधपुछ तथा पासको जाँच गरिरहेका छन् ।

अत्यावश्यक सेवाअन्तर्गतका गाडीहरूलाई समेत परिचयपत्र र प्रयोजन हेरेर मात्र अगाडि बढ्न दिइएको छ । विशेषगरी मोटरसाइकल र स्कुटर जस्ता दुईपाङ्ग्रे सवारीसाधनमाथि प्रहरीले कडा निगरानी राखेको छ ।


प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?