Trending
>>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा >>   वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला >>   काँग्रेस विशेष महाधिवेशनः नेतृत्व चयन मंगलवारबाट, महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सत्तरी प्रतिशत पुर्‍याउने दाबी >>   राइजिङ स्टार यू–१२ क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि >>   एउटै व्यक्ति दोहोर्‍याएर प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छः विश्वप्रकाश शर्मा >>   सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा >>   विशेष महाधिवेशनलाई संविधान, कानून र निर्वाचन आयोगले पनि अवैधानिक भन्न सक्दैनः गगन थापा >>   माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस
Logo
२९ पुष २०८२, मंगलवार
२९ पुष २०८२, मंगलवार

पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा


पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा

काठमाडौँ । नेपाली काँग्रेसका नेता रामहरि खतिवडाले पार्टीलाई विभाजन गर्ने दिशामा कोही पनि जान नहुने बताउनुभएको छ ।

सोमवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीलाई कसरी बलियो बनाउने भन्नेबारेमा सबैले सोच्नुपर्ने बताउनु भयो । उहाँले मेरो गोरुको बाह्रै टक्का जस्तो गरी कोही पनि जान नहुने बताउनु भयो । पार्टीलाई निर्वाचनमा फेरि ठूलो पार्टी बनाउने गरी अघि बढ्नुपर्ने बताउनु भयो । सभापति शेरबहादुर देउवाले एकजुट भएर काँग्रेस अघि बढ्नुपर्ने बताउनुभएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘महामन्त्रीज्युहरु पनि हाम्रै पार्टीको महामन्त्री हो । पार्टीलाई फुटको संघारमा नलैजाऔँ । संवाद गरौँ । निष्कर्ष पार्टीलाई के गरी बलियो बनाउन सकिन्छ त्यो गरौँ । मेरो गोरुको बाह्रै टक्का जस्तो गरी हामी नअल्झिऔँ । यो पार्टीलाई अझ सुदृढ बनाउन र निर्वाचनमा फेरि पहिलो काँग्रेस बनाउन फुटेर नभइ जुटेर अघि बढ्नुपर्छ । पार्टीका साथीहरुलाई एक बनाउन सबै लाग्नुहोला । मलाई फुटेको मन छैन । अन्तिम प्रयास पनि जारी रहेको छ ।’

उहाँले भृकुटीमण्डपमा गएर पनि केही संवाद गरेर पार्टी एकता हुने भए त्यसबारेमा पनि छलफल गर्न सकिने बताउनु भयो ।


प्रकाशित मिति: २८ पुष २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?