Trending
>>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा >>   वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला >>   काँग्रेस विशेष महाधिवेशनः नेतृत्व चयन मंगलवारबाट, महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सत्तरी प्रतिशत पुर्‍याउने दाबी >>   राइजिङ स्टार यू–१२ क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि >>   एउटै व्यक्ति दोहोर्‍याएर प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छः विश्वप्रकाश शर्मा >>   सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा >>   विशेष महाधिवेशनलाई संविधान, कानून र निर्वाचन आयोगले पनि अवैधानिक भन्न सक्दैनः गगन थापा >>   माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस
Logo
२९ पुष २०८२, मंगलवार
२९ पुष २०८२, मंगलवार

वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला


वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले वार्ताबाट पार्टीको समस्या समाधान गर्नुपर्ने बताउनुभएको छ ।

सोमवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वार्ताको माध्यमबाट सबै कुराको समाधान हुने भएकाले वार्ताका लागि डा. शेखर कोईरालाले पहल शुरु गर्ने बताउनु भयो । सोमवार महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले विशेष महाधिवेशन आह्वान गरेर बन्दसत्र शुरु गरेसँगै सभापति शेरबहादुर देउवा निवासमा नेताहरुबीच छलफल भएको थियो । छलफलपछि वार्ताका माध्यमबाट सबैकुराको समाधान निकाल्ने बताइएको छ ।

उहाँले भन्नुभयो, ‘वार्ताबाट सबैकुरा समाधान हुन्छ, वार्ता नै नगरी कसरी हुन्छ । वार्ताबाट समाधान गर्नुपर्छ । शेखर दाईले कुरा गर्नुहुन्छ ।’

आईतवार काठमाडौंमा महामन्त्री द्वयको आह्वानको विशेष महाधिवेशन शुरु भएको छ ।


प्रकाशित मिति: २८ पुष २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?