Trending
>>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा >>   वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला >>   काँग्रेस विशेष महाधिवेशनः नेतृत्व चयन मंगलवारबाट, महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सत्तरी प्रतिशत पुर्‍याउने दाबी >>   राइजिङ स्टार यू–१२ क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि >>   एउटै व्यक्ति दोहोर्‍याएर प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छः विश्वप्रकाश शर्मा >>   सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा >>   विशेष महाधिवेशनलाई संविधान, कानून र निर्वाचन आयोगले पनि अवैधानिक भन्न सक्दैनः गगन थापा >>   माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस
Logo
२९ पुष २०८२, मंगलवार
२९ पुष २०८२, मंगलवार

काँग्रेस विशेष महाधिवेशनः नेतृत्व चयन मंगलवारबाट, महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सत्तरी प्रतिशत पुर्‍याउने दाबी


काँग्रेस विशेष महाधिवेशनः नेतृत्व चयन मंगलवारबाट, महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सत्तरी प्रतिशत पुर्‍याउने दाबी

काठमाडौँ । नेपाली काँग्रेस विशेष महाधिवेशन पक्षधरहरुले महाधिवेशनमा सहभागी भइ हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरुको संख्या सत्तरी प्रतिशत पु¥याउने दाबी गरेका छन् ।

सोमवार साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै महाधिवेशन पक्षधरहरुले यसबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै विशेष महाधिवेशन पक्षधर नेता सुवास पोखरेलले आईतवार विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेहरुको संख्या २ हजार ६ सय ६२ रहेकोमा सोमवार ६.२४ प्रतिशतले बढेको बताउनु भयो । संस्थापन पक्ष विधानले नचिन्ने भन्दै पार्टीका नेताहरुलाई बन्दसत्रमा सहभागी हुन आह्वान गर्नुभयो । उहाँले विशेष महाधिवेशन पक्षधर महाधिवेशन प्रतिनिधिहरुको संख्या सत्तरी प्रतिशत पु¥याएर देखाइदिने बताउनु भयो । मंगलवार नेतृत्व चयनका लागि बन्दसत्र शुरु हुने पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हिजो हाम्रो संख्या भन्दा आज ६.२४ प्रतिशतले बढेको छ । हिजो २ हजार ६ सय ६२ थियो । त्यसमा ६.२४ बढ्दा ६३ प्रतिशत भन्दा बढीले हस्ताक्षर गर्नुभएको छ । कोही आउने क्रम जारी छ । संस्थापन हाम्रो विधानले चिन्दैन । पार्टीका नेताहरुलाई आग्रह गर्दछुः ६६ प्रतिशत भन्ने सुनियो, हामी सत्तरी पु¥याएर देखाइदिन्छौँ । भोलि हाम्रो ९ बजे बन्दसत्र शुरु हुन्छ । ९ वटा ग्रुपहरु रहनुभएको छ । कोशी प्रदेशले रिपोर्ट बुझाउनुभएको छ । भोलि निर्वाचन शुरु हुन्छ ।’

मंगलवार निर्वाचन, अनुशासन, केन्द्रिय समिति लगायतका समितिहरु भंग गर्ने बताउनु भयो ।


प्रकाशित मिति: २८ पुष २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?