Trending
>>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा >>   वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला >>   काँग्रेस विशेष महाधिवेशनः नेतृत्व चयन मंगलवारबाट, महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सत्तरी प्रतिशत पुर्‍याउने दाबी >>   राइजिङ स्टार यू–१२ क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि >>   एउटै व्यक्ति दोहोर्‍याएर प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छः विश्वप्रकाश शर्मा >>   सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा >>   विशेष महाधिवेशनलाई संविधान, कानून र निर्वाचन आयोगले पनि अवैधानिक भन्न सक्दैनः गगन थापा >>   माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस >>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू
Logo
२९ पुष २०८२, मंगलवार
२९ पुष २०८२, मंगलवार

सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा


सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा

काठमाडौँ । जेन–जी अगुवा मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शन गरेको छ ।

सोमवार काठमाडौंको माईतीघर मण्डलामा ढुंगाना समूहले वर्तमान सरकारले जेन–जी आन्दोलनप्रति धोका दिएको भन्दै सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शन गरेको हो । ढुंगानाले सुशीला कार्की नेतृत्वको सरकार विफल भइसकेको भन्दै राजनीतिक दल र नागरिक समाज सम्मिमलित सर्वपक्षीय सरकार गठन गर्नुपर्ने बताउनुभएको हो । सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पुराना राजनीतिक दलका नेताहरुलाई सरकार प्रमुख नबनाउनेगरी सर्वपक्षीय सरकार गठन गर्नुपर्ने आफूहरुको माग रहेको बताउनु भयो । उहाँले प्रणाली नै खराब रहेको अवस्थामा वैधानिकता मात्र हेर्न नहुने कुरामा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सर्वसहमतिको सरकार बनाएर मात्रै निर्वाचनमा जानुपर्छ । सबै कुरा बैधानिकतामा हेर्नु हुँदैन । सिस्टम नै बिग्रेको छ भने वैधानिकता हेरेर तपाई कहाँ पुग्नुहुन्छ । त्यसकारण अहिले सर्वसहमति गररे अघि जानुपर्छ । नयाँ पुराना सबैलाई राखेर सर्वसहमति गर्ने हो तर सर्वपक्षीय सरकारको नेतृत्व पुराना शीर्ष नेताले गर्ने हैन । यो कुरामा हामी क्लियर छौँ र मागिरहेका पनि यही हौँ ।’

कार्की नेतृत्वको अन्तरिम सरकारले जेनजी आन्दोलनको मर्म बोक्न नसकेको भन्दै ढुंगाना समूह आन्दोलनरत छ ।


प्रकाशित मिति: २८ पुष २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?