Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

नयाँ वर्ष मनाउन स्वदेश फर्किरहेका तीन नेपाली भारतमा लुटिए


२८ चैत ,बेदकोट । भारतमा मजदुरी गरेर स्वदेश फर्किरहेका तीन नेपाली नागरिक लुटिएका छन् । उत्तराखण्डको हल्द्धानीमा लुटेराले जुसमा नशालु पदार्थ खुवाएर उनीहरूलाई लुटेका थिए ।

भारतमा लुटपाटमा परेर गड्डाचौकी नाकामा बेखर्ची पुगेका सुर्खेत र जाजरकोटका ती नागरिकको इलाका प्रहरी कार्यालय गड्डाचौकीले उद्धार गरेको छ । “भारतमा लुटिएर बेहोस अवस्थामा नाकामा पुगेका तीन नेपालीको उद्धार गरेर उपचारका लागि महाकाली अस्पताल पुर्‍याएका थियौँ”, ईलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक देवसिंह बुडालले भने, “चार जनामध्ये एक निदाएका थिए, जुसमा नशालु पदार्थ सेवन गराएर भारतीय महिलाले सँगै रहेका अन्य तीन जनालाई लुटपाट गरेका छन् ।”

सुर्खेतको भेरीगङ्गा नगरपालिका–४ बाउनीचोरका ६० वर्षीय मिलन राजी, जाजरकोटको भेरी नगरपालिका–४ का ५७ वर्षीय लालबहादुर नेपाली र सोही ठाउँका ५५ वर्षीय केशर वली परेका छन् । उनिहरुका साथमा रहेको रु ४५ हजार भारु रुपैयाँ र तीन मोबाइल लुटिएको हो । उनसँगै बसमा स्वदेश फर्किरहनुभएका सुर्खेतको भेरीगङ्गा नगरपालिका–४ बाउनीचोरका ५२ वर्षीय ताराबहादुर मगर निदाएकाले लुटपाटबाट जोगिनुभएको छ ।

“महिलाले दिएको जुस सेवन गरेपछि आफूहरू बेहोस भएको र त्यसपछि केही थाहा नभएको लुटिएकाले भनेका छन्, बसमा सँगै रहेका मगरले त्यहाँबाट नाकासम्म ल्याएका थिए”, प्रहरी नायब निरीक्षक बुडालले भने, “अस्पतालमा उपचारपछि अहिले उहाँहरू होसमा आउनुभएको छ ।”

भारतको उत्तराखण्डस्थित गढवालमा उनिहरू मजदुरी काम गर्थे । नयाँ वर्ष मनाउन खर्च जोहो गरेर स्वदेश फर्किँदा लुटपाटमा परेपछि बेखर्ची बनेका छन् । महाकाली प्रादेशिक अस्पतालमा उपचारपछि वडा प्रहरी कार्यालय महेन्द्रनगरले बससँग समन्वय गरेर गन्तव्यसम्म पठाएको छ ।


प्रकाशित मिति: २८ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?