Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति


आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति

काठमाडौँ। आगामी एसियन गेम्स र लस एञ्जलस ओलम्पिकको तयारीका लागि विभिन्न आठ खेलका १४ जना खेलाडीले छात्रवृत्ति पाउने भएका छन् ।

नेपाल ओलम्पिक कमिटी(एनओसी) ले शुक्रबार पत्रकार सम्मेलनमार्पmत विभिन्न खेलका १४ खेलाडीलाई छात्रवृत्ति दिने जनाएको हो । एनओसीले ब्याडमिन्टन, उसु, साइक्लिङ, टेबल टेनिस, टेनिस, जुडो, स्पोर्ट्स क्लाइम्बिङ र पौडीका खेलाडीलाई छात्रवृत्ति दिने भएको छ । एनओसीले लस एञ्जलस ओलम्पिकका लागि ८ जना, आइची नागोया एसियन गेम्सका लागि पाँच जना र युथ गेम्सको लागि उसुकी रश्मि घिसिङलाई छात्रवृत्ति प्रदान गरेको छ ।

एनओसीले छात्रवृत्ति प्रदानका गरेको खेलमध्ये टेबल टेनिस, टेनिस, पौडी र साइक्लिङमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी समानान्तर दुई संघका छन् । एनओसीको छात्रवृत्ति पनि विवादमा परेका खेल संघहरू नै प्राथमिकतामा देखिएको छ । एनओसीले शुक्रवार भएको कार्यक्रममा खेलाडी, परिवार र सम्बन्धित संघसँग सम्झौता गरेको हो । लस एञ्जलस ओलम्पिकको लागि ब्याडिन्टनका प्रिन्स दाहाल, साइक्लिङकी उषा खनाल, गल्फका सद्भाव आचार्य, जुडोकी मनिता श्रेष्ठ प्रधान, टेबल टेनिसकी इभाना थापा, टेनिसकी सिभाली थापा, स्पोट्र्स क्लाइम्बिङकी तेन्जिङ राई र पौडीका एर्भिन श्रेष्ठ छन् । यी खेलाडीले संघमार्फत हरेक चौमाषिकमा अमेरिकी डलर ११ सय २५ पाउनेछन् । आगामी एसियन गेम्सको लागि आर्चरीका तिलक पुनमगर, बक्सिङका चन्द्रबहादुर थापा, करातेकी एरिका गुरुङ र सानुमाया थिङ तथा उसुकी सुस्मिता तामाङ छन् ।

एशियन गेम्स र युथ ओलम्पिकका खेलाडीले भने ५० हजार रुपैया पाउने एनओसीका महासचिव राजीव श्रेष्ठले जानकारी दिए ।


प्रकाशित मिति: ४ पुष २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?