Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

एमालेले भन्योः चर्चामा रहेका सबै भ्रष्टाचारको छानविन होस्


उनले एमाले हमेसा सुशासन, पारदर्शिता र स्वच्छताका पक्षमा उभिँदै आएको भन्दै प्रश्न उठ्नासाथ सार्वजनिक ओहोदाबाट राजीनामा दिएर राज्यका अख्तियारप्राप्त निकायलाई सहयोग गर्ने र अभियोजन हुनासाथ कानूनबाट सफाई नपाउँदासम्म पार्टी जिम्मेवारीबाट मुक्त गर्ने हाम्रो परम्परा रहँदै आएको बताएका छन् ।

काठमाडौँ। नेकपा एमालेले चर्चामा रहेका सबै भ्रष्टाचार प्रकरणको अनुसन्धान शुरु गर्न आग्रह गरेको छ ।

बिहीवार सम्पन्न ११ औं राष्ट्रिय महाधिवेशनले चर्चामा रहेका सबै भ्रष्टाचार प्रकरणको अनुसन्धान शुरु गर्न आह्वान गर्ने प्रश्ताव पारित गरेको हो । प्रश्तावहरुबारे जानकारी गराउँदै केन्द्रिय सदस्य प्रदीप ज्ञवालीले महाधिवेशनले विगतमा राज्यका उच्च राजनीतिक, प्रशासनिक ओहोदामा रहेका व्यक्तिहरुको सम्पती छानविन गर्न माग गरेका छन् । दोषी देखिएकाहरुलाई कानून बमोजिम कारबाही गर्न आग्रह गर्दै राज्यका अख्तियार प्राप्त निकायले यस विषयमा आवश्यक निर्णय गर्न पनि आग्रह गरे ।

उनले भने, ‘नेकपा एमाले हमेसा सुशासन, पारदर्शिता र स्वच्छताका पक्षमा उभिँदै आएको छ । प्रश्न उठ्नासाथ सार्वजनिक ओहोदाबाट राजीनामा दिएर राज्यका अख्तियारप्राप्त निकायलाई सहयोग गर्ने र अभियोजन हुनासाथ कानूनबाट सफाई नपाउँदासम्म पार्टी जिम्मेवारीबाट मुक्त गर्ने हाम्रो परम्परा रहँदै आएको छ । विगतमा राज्यका उच्च राजनीतिक, प्रशासनिक ओहोदामा रहेका व्यक्तिहरुको सम्पती छानविन गरियोस् । चर्चामा रहेका सबै भ्रष्टाचार काण्डको गहिरो अनुसन्धान होस् । दोषी देखिएकाहरुलाई कानून बमोजिम कारबाही गरियोस् । राज्यका अख्तियार प्राप्त निकायले यस विषयमा आवश्यक निर्णय गरुन् ।’

उनले एमाले हमेसा सुशासन, पारदर्शिता र स्वच्छताका पक्षमा उभिँदै आएको भन्दै प्रश्न उठ्नासाथ सार्वजनिक ओहोदाबाट राजीनामा दिएर राज्यका अख्तियारप्राप्त निकायलाई सहयोग गर्ने र अभियोजन हुनासाथ कानूनबाट सफाई नपाउँदासम्म पार्टी जिम्मेवारीबाट मुक्त गर्ने हाम्रो परम्परा रहँदै आएको पनि बताएका छन् ।


प्रकाशित मिति: ३ पुष २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?