Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

जेन–जी आन्दोलनको जगमा बनेको कार्की सरकार अपेक्षाअनुसार चलेनः मिराज ढुंगाना


जेन–जी आन्दोलनका प्रतिनिधि मिराज ढुंगानाले विद्रोहपछि गठन भएको अन्तरिम सरकारले अपेक्षाकृत काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ । बिहीवार ‘जेनजी आन्दोलनको एकसय दिनः उपलब्धि र भावी रणनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सरकारले आन्दोलनकारीका मागअनुसार काम गर्न नसकेको टिप्पणी गर्नुभएको हो । उहाँले विगतका कुनैपनि सरकारले प्रभावकारी काम गर्न नसकेकै कारण मुलुक यस्तो अवस्थामा पुगेको उल्लेख गर्दै सरकारले केही नबिगार्दैमा राम्रो सरकार भन्न नसकिने धारणा राख्नुभयो । जेन–जी आन्दोलनमा सचेत वर्ग (कन्सियस क्राउड) र निराश वर्ग (फ्रस्टेड क्राउड) सहभागी भएको उल्लेख गर्दै उनीहरुको माग र आवश्यकताअनुसार सरकार अघि बढ्न नसेकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘विगतमा हामीले कुनैपनि राम्रो सरकार पाएनौँ । विगतका सरकारले राम्रो गरिदिएको भए आज यो अवस्था आउने थिएन । यो सरकारले केही बिगारेको छैन । अनैतिक नियुक्तिका कुराहरु पनि आएका छन् । राम्रो काम त हुँदै भएको छ । त्यसकारण बिगारेको छैन भन्दैमा यो सरकारलाई राम्रो भन्न मिल्दैन । जेनजी आन्दोलनमा दुई प्रकारका मान्छे आएका थिए । कन्सियस क्राउड र फ्रस्टेड क्राउड आन्दोलनमा आएका थिए । आन्दोलनपछिको सरकार पटि आन्दोलनकारीको मागअनुसार अघि बढिरहेको छैन । सुशीला कार्कीज्यु केही नगर्नको लागि प्रधानमन्त्री हुन आउनुभएको हो त ? यो सरकारले रोजगारी दिने काम गर्नुपर्ने थियो । शिक्षा र स्वास्थ्यको नागरिकलाई सहज उपलब्ध गराउनुपर्ने थियो । देशमा रोजगारीको सिर्जना गर्नु त कता हो कता जेनजी आन्दोलनका घाइतेहरुलाई वैदेशिक रोजगारीमा पठाउने रे । योभन्दा बेइज्जतीको कुरा केही हुन्छ ?’ उहाँले सरकारले जेन–जी समूहसँग गरेको सम्झौतालाई ललिपप सम्झौताको संज्ञा दिँदै उक्त सम्झौता सर्वमान्य नभएको टिप्पणी समेत गर्नुभयो ।

काठमाडौँ। जेन–जी आन्दोलनका प्रतिनिधि मिराज ढुंगानाले विद्रोहपछि गठन भएको अन्तरिम सरकारले अपेक्षाकृत काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

बिहीवार ‘जेनजी आन्दोलनको एकसय दिनः उपलब्धि र भावी रणनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले आन्दोलनकारीका मागअनुसार काम गर्न नसकेको टिप्पणी गरेका छन् । उनले विगतका कुनैपनि सरकारले प्रभावकारी काम गर्न नसकेकै कारण मुलुक यस्तो अवस्थामा पुगेको उल्लेख गर्दै सरकारले केही नबिगार्दैमा राम्रो सरकार भन्न नसकिने धारणा राखेका छन् । जेन–जी आन्दोलनमा सचेत वर्ग (कन्सियस क्राउड) र निराश वर्ग (फ्रस्टेड क्राउड) सहभागी भएको उल्लेख गर्दै उनीहरुको माग र आवश्यकताअनुसार सरकार अघि बढ्न नसेकेको उनको भनाइ छ ।

उनले भने, ‘विगतमा हामीले कुनैपनि राम्रो सरकार पाएनौँ । विगतका सरकारले राम्रो गरिदिएको भए आज यो अवस्था आउने थिएन । यो सरकारले केही बिगारेको छैन । अनैतिक नियुक्तिका कुराहरु पनि आएका छन् । राम्रो काम त हुँदै भएको छ । त्यसकारण बिगारेको छैन भन्दैमा यो सरकारलाई राम्रो भन्न मिल्दैन । जेनजी आन्दोलनमा दुई प्रकारका मान्छे आएका थिए । कन्सियस क्राउड र फ्रस्टेड क्राउड आन्दोलनमा आएका थिए । आन्दोलनपछिको सरकार पटि आन्दोलनकारीको मागअनुसार अघि बढिरहेको छैन । सुशीला कार्कीज्यु केही नगर्नको लागि प्रधानमन्त्री हुन आउनुभएको हो त ? यो सरकारले रोजगारी दिने काम गर्नुपर्ने थियो । शिक्षा र स्वास्थ्यको नागरिकलाई सहज उपलब्ध गराउनुपर्ने थियो । देशमा रोजगारीको सिर्जना गर्नु त कता हो कता जेनजी आन्दोलनका घाइतेहरुलाई वैदेशिक रोजगारीमा पठाउने रे । योभन्दा बेइज्जतीको कुरा केही हुन्छ ?’

उनले सरकारले जेन–जी समूहसँग गरेको सम्झौतालाई ललिपप सम्झौताको संज्ञा दिँदै उक्त सम्झौता सर्वमान्य नभएको टिप्पणी समेत गरेका छन् ।


प्रकाशित मिति: ३ पुष २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?