काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि हात हाले देश ठप्प पार्ने चेतावनी दिएका छन् ।
बिहीवार पार्टी शपथग्रहण लगत्तै पार्टी कार्यकर्तालाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी नेतृत्वमाथि भौतिक आक्रमण गर्ने पञ्चायतकालीन कूकर्मको थालनि गरिएको उल्लेख गर्दै आन्दोलनको लागि तयार रहन पार्टी कार्यकर्तालाई निर्देशन समेत दिएका छन् । उनले सुशीला कार्की नेतृत्वको सरकार ढाल्नुपर्ने भन्दै त्यसका लागि देशभरबाट तयारीमा रहन पार्टी कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।
उनले भने, ‘नेकपा (एमाले)को नेतृत्वमाथि प्रचारको हल्लाले भएन । अब भौतिक हमलाद्वारा आक्रमण गर्ने अथवा जाली मुद्दा लगाउने पञ्चायतकालीन कूकर्महरुको फेरी थालनी गर्ने हल्ला मच्चाइएको छ । यो मिडिया ट्रायल यथार्थ हल्ला हुनसक्दछ । म तपाईहरुलाई भन्न चाहान्छु एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्दछ । यो सरकार ढल्नुपर्दछ । ढालिनेछ यो सरकार । यसका निम्ति नेकपा (एमाले)ले देशभरीबाट तयारी हालतमा बस्नुपर्दछ । संसारमा केही महंगो पथ्र्यो भने एमालेलाई छुनु महंगो पर्नेछ । यो कुराको लागि हामीले कुराले होइन कामले तयार हुनुपर्दछ । गरेर देखाउनुपर्दछ ।’
उनले एमाले नेतृत्वमाथि जाइलाग्नु संसारकै सबैभन्दा महंगो पर्ने चेतावनी समेत दिएका छन् ।
प्रकाशित मिति: ३ पुष २०८२, बिहीबार