Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित


एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित

काठमाडौँ। नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली लगातार तेस्रो कार्यकालका लागि पार्टी अध्यक्षमा निर्वाचित भएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न महाधिवेशनको मतपरिणामअनुसार ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी ईश्वर पोखरेलले ५ सय ६४ मत मात्र प्राप्त गरेका छन् । कुल २ हजार २ सय २७ मत खसेको निर्वाचनमा ओलीले भारी मतान्तरले विजय हासिल गरेका हुन् । यो विजयसँगै ओलीले पार्टी नेतृत्वमा ‘ह्याट्रिक’ पूरा गरेका छन् ।

यसअघि २०७१ मा नवौँ महाधिवेशनबाट पहिलो पटक र २०७८ मा दसौँ महाधिवेशनबाट दोस्रो पटक अध्यक्ष निर्वाचित भएका ओलीले यसपटक पनि स्पष्ट बहुमत प्राप्त गरेका छन् । ओलीको प्यानलबाट महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन्। उपाध्यक्षहरूमा पृथ्वीसुब्बा गुरुङ, विष्णु पौडेल र रामबहादुर थापा विजयी हुनुभयो भने गोकर्ण विष्ट र रघुजी पन्त पनि उपाध्यक्षमा निर्वाचित भएका छन् । पदाधिकारीका अधिकांश पदमा ओली पक्षकै उम्मेदवारहरूले जित हासिल गरेको छ ।

निर्वाचित भएलगत्तै ओलीले महाधिवेशन स्थलमै नेता–कार्यकर्तासँग खुशी साटासाट गरेका थिए । पार्टीभित्र एकता कायम गर्दै देशलाई समृद्धिको बाटोतर्फ अघि बढाउने संकल्प व्यक्त गर्दै ओलीले आफ्नो नेतृत्वलाई महाधिवेशन प्रतिनिधिहरूले बलियो समर्थन गरेको बताएका छन् ।


प्रकाशित मिति: ३ पुष २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?