Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की


काठमाडौँ। सरकारले जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले सो आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहितका आयोगका पदाधिकारीहरुसँगको भेटमा आयोगको म्याद थप गर्ने बताएका छन् । आफूहरुको मागअनुसार प्रधानमन्त्री कार्कीले आयोगको म्याद थप गर्ने बताउनुभएको आयोगका अध्यक्ष कार्कीले जानकारी दिएका छन् । प्रधानमन्त्री कार्कीसँग भेट गरी अध्यक्ष कार्कीले काम नसकिएको भन्दै आयोगको म्याद एक महिना थप गर्न आग्रह गरेका थिए । आयोगको उक्त मागअनुसार आयोगको म्याद थप गर्न प्रधानमन्त्री कार्की सहमत हुनुभएको अध्यक्ष कार्कीले बताएका छन् ।

उनले भने,‘हाम्रो म्याद सकिन लाग्यो । काम अझै बाँकि छ । हामी प्रधानमन्त्रीज्युसँग त्यही कुराकानी गर्न आएको हौं । एक महिना हामीलाई थप्नु पर्छ । समय पुगेको छैन । के गर्ने भन्दाखेरी २ हप्ता बढि त बिदा नै भयो । प्रहरीले एक महिनासम्म लिष्ट पठाएन । त्यसकारण काम गर्न ढिलाई भयो । त्यसकारण एक महिना थप्नु प¥यो भन्यौ । प्रधानमन्त्रीज्यूले प्रस्ताव पठाउनु थपिदिन्छु भन्नुभयो ।’

आयोगको म्याद यही पुस ९ गते सकिँदैछ । कार्यादेशअनुसार बाँकि कामलाई पूरा गर्न थप एक महिनाको समय आवश्यक भएकाले प्रधानमन्त्री कार्कीसँग सो विषयमा छलफल गरिएको अध्यक्ष कार्कीले बताएका छन्।


प्रकाशित मिति: २ पुष २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?