Trending
>>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

विशेष अदालतमा आरोपपत्र दायर


२८ चैत ,काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, पर्साका तत्कालीन कार्यालय प्रमुखद्वय प्रकाशप्रसाद पोखरेल र गमबहादुर विश्वकर्मा, नायब सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल नागेन्द्रप्रसाद चौधरीमाथि आरोपपत्र दायर गरेको छ ।

उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आरोपपत्र दायर गरिएको हो । आर्थिक वर्ष २०७२/७३ मा जग्गा किनबेचको क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम नियमानुसार दाखिला नगरी हिनामिना गरेको उजुरीका आधारमा अनुसन्धान गरी आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

उनका अनुसार राजस्वबापत प्राप्त हुने रकम उठाउने र बुझाउने सन्दर्भमा निरन्तर अनुगमन गर्नुपर्नेमा कुनै अनुगमन नगरी कार्यकालमा सङ्कलन भएको राजस्व रकममध्ये रु ९३ लाख ६६ हजार दुई सय नौ प्रतिवादी गुप्तालाई राजस्व हिनामिनामा प्रोत्साहन गरी राजस्व दाखिला नगराएकोमा पोखरेललाई दोब्बर जरिवानासमेतको मागदाबी गरेको छ ।

त्यस्तै राजस्वको निरन्तर अनुगमन गर्नुपर्नेमा अनुगमन नगरी रु एक लाख ४१ हजार आठ सय २५ प्रतिवादी गुप्तालाई राजस्व हिनामिनामा प्रोत्साहन गरी राजस्व दाखिला नगराएकोमा विश्वकर्मालाई दोब्बर जरिवाना हुने गरी मागदाबी गरेको हो ।

त्यस्तै रु ९५ लाख आठ हजार ३४ राजस्वको विस्तृत विवरणसहित लेखा शाखामा बुझाउने कर्तव्य निजले उठाएको राजस्व प्रचलित कानुनबमोजिम सो रकम दाखिला नगरी चुहावट गरेकोमा गुप्तालाई दोब्बर जरिवाना हुने गरी मागदाबी गरेको हो ।

चौधरीले रु ९५ लाख आठ हजार ३४ रकम हिनामिना गर्नमा प्रतिवादी गुप्तालाई मद्दत पु¥याइ, आफूसमेत संलग्न भई उठाएको राजस्व दाखिला नगरेकोमा दोब्बर जरिवाना हुने गरी मागदाबी गरेको हो ।


प्रकाशित मिति: २८ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?