Trending
>>   नेपाली जनताले जनमतमार्फत अराजकता र अस्थिरतालाई अस्वीकार गर्नेछन्ः महासचिव पोखरेल >>   निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे >>   प्रधानमन्त्री कार्कीले गरिन् मतदान >>   कसैको बहुमत आउँदैन : प्रचण्ड >>   फागुन २५ भित्रमा प्रत्यक्ष र समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरिसक्छौँ : रामप्रसाद भण्डारी >>   देशभर मतदान शुरु >>   नेपालको पर्यटन प्रवर्द्धन गर्न जर्मनीमा “नेपाल साँझ” (फोटो फिचर) >>   मतदानस्थलको तयारी अन्तिम चरणमा, सुरक्षा व्यवस्था कडा (फोटो फिचर) >>   निर्धक्क भएर मतदान गर्न आयुक्त भण्डारीको आह्वान >>   फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल
Logo
२१ फाल्गुन २०८२, बिहीबार
२१ फाल्गुन २०८२, बिहीबार

विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर


विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर

काठमाडौँ। नेकपा (एमाले)ले १०औँ महाधिवेशनकै कमिटीअनुसार पार्टी संरचना निर्माण गर्ने भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा जारी एघारौँ महाधिवेशनबको बन्दसत्रबाट पार्टीले उक्त प्रश्ताव पारित गरेको पार्टीकी सचिव पद्मा अर्यालले जानकारी दिएकी छिन् । उनले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षता गरिरहनुभएका बन्दसत्रको हलबाट १९ पदाधिकारी र ३०१ जनाको केन्द्रिय कमिटी चयन गरिने बताएकी छिन्। उनकाअनुसार एकजना अध्यक्ष, तीन जना उपाध्यक्ष, एक जना महासचिव, तीन जना उपमहासचिव र नौ जना सचिव गरी १९ सदस्यीय पार्टी पदाधिकारी निर्वाचित हुनेछन् । त्यसैगरी केन्दीय कमिटीको एक तिहाई सदस्यलाई समावेश गरेर पार्टीको पोलिटब्युरो निर्माण गरिने उनले जानकारी दिइन् । पोलिटब्युरो सदस्यको एक तिहाईबाट स्थायी कमिटी निर्माण गरिने समेत अर्यालले जानकारी दिएकी छिन् ।

उनले भनिन्, ‘हाम्रो निर्माण हुने पार्टीको केन्द्रिय कमिटी सदस्यको संख्या ३०१ हुनेछ । त्यो भित्र १९ जना पदाधिकारी रहनुहुनेछ । त्यसमा एकजना अध्यक्ष, तीन जना उपाध्यक्ष, एक जना महासचिव, तीन जना उपमहासचिव र नौ जना सचिव रहनुहुनेछ । केन्द्रिय कमिटीको एक तिहाई सदस्यलाई समावेश गरेर पार्टीको पोलिटब्युरो निर्माण गर्छौं । अनि पोलिटब्युरोको एक तिहाईबाट स्थायी कमिटी निर्माण गर्छौं । त्यो अवधारणासहितको विधान संशोधन प्रश्ताव महाधिवेशनको जारी बन्दसत्रबाट पारित भइसकेको पनि जानकारी गराउन चाहन्छु । ३०१ जनाको केन्द्रीय कमिटी कसरी निर्वाचित गर्ने भन्ने कुरा समेत टुंग्याइसकेको स्थिति छ । पार्टीले सात प्रदेश र उपत्यका विशेष कमिटी तथा राजधानी विशेष कमिटीको आधारमा नौ जना सचिवको अवधारणा ल्याएको हो ।’

पार्टीले महाधिवेशनम झन्डै ५ प्रतिशत कोटा छ्याएको छ । युवालाई छुट्याएको क्लस्टरअनुसार भूगोल र गैरभूगोल गरी हरेक प्रदेशबाट एकएक जना रहेका छन् । यसैगरी खुलातर्फ २ जना, जनजाति आदिवासीतर्फ २ जना, मधेसीतर्फ २ जना, दलिततर्फ एक गरी १५ जना कोटा छुट्याइएको छ ।


प्रकाशित मिति: २८ मंसिर २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?