Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी


नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले आम नागरिकलाई सुशासनको प्रत्याभुति हुनेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । शुक्रवार अपरान्ह सिंहदरवारमा पुगेर पदभार ग्रहण गर्दै उहाँले सञ्चारकर्मीमाझ सो कुरा बताउनुभएको हो । नवनियुक्त मन्त्री भण्डारीले श्रम क्षेत्रमा देखिएको संगठित अपराधको जालो तोडन आफूले कठोर कदम चाल्ने घोषणा समेत गर्नुभयो । स्पेशल टाक्सफोर्स नै बनाएर सो काम आफूले गर्न चाहेको उहाँको भनाई थियो । नवनियुक्त मन्त्री भण्डारीले आफूले लामो भाषण नभई कामै गरेर देखाउने अठोट लिएको पनि बताउनु भयो । उहाँले भन्नुभयो,‘संगठित किसिमका जति पनि गिरोहहरु छन । तिनीहरुलाई पक्कै कठोर कारबाही गर्नुपर्छ । र, हामीेले जुन मिडियामा देखिराखेका छौ । यो जालो तोडनै पर्छृ । यसका लागि एकखाले मेरो अनुभवले काम गर्छ भन्ने मलाई लागिराखेको छ । यसका लागि सहकार्य गर्नका लागि सम्बन्धित गृह प्रशासन र प्रहरीका साथीहरुसँग पनि मैले सहकार्य गर्नुपर्ने हुन्छ । स्पेशल टास्कफोर्स बनाएर पनि जान सकिन्छ कि । अव हामीलाई धेरै लामो लामो भाषण गरेर भन्दा पनि एक्शन आम नागरिकलाई सुशासनको प्रत्याभूति कम्तिमा अनुभूत गरुन् भन्ने किसिमले काम गर्ने योजना छ । ताकि उनीहरुले सरकारले केही ग¥यो भन्ने अनुभुति गरुन् ।’ मन्त्री भण्डारीले गृह मन्त्रालयको समन्वयमा आफूले श्रम सम्बन्धि अपराध अनुसन्धानको कामलाई पनि प्राथमिकताका साथ अघि बढाउने बताउनु भयो ।

काठमाडौँ। नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले आम नागरिकलाई सुशासनको प्रत्याभुति हुनेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

शुक्रवार अपरान्ह सिंहदरवारमा पुगेर पदभार ग्रहण गर्दै उनले सञ्चारकर्मीमाझ सो कुरा बताएका हुन् । नवनियुक्त मन्त्री भण्डारीले श्रम क्षेत्रमा देखिएको संगठित अपराधको जालो तोडन आफूले कठोर कदम चाल्ने घोषणा समेत गरेका छन् । स्पेशल टाक्सफोर्स नै बनाएर सो काम आफूले गर्न चाहेको उनको भनाई थियो । नवनियुक्त मन्त्री भण्डारीले आफूले लामो भाषण नभई कामै गरेर देखाउने अठोट लिएको पनि बताएका छन् ।

उनले भने,‘संगठित किसिमका जति पनि गिरोहहरु छन । तिनीहरुलाई पक्कै कठोर कारबाही गर्नुपर्छ । र, हामीेले जुन मिडियामा देखिराखेका छौ । यो जालो तोडनै पर्छृ । यसका लागि एकखाले मेरो अनुभवले काम गर्छ भन्ने मलाई लागिराखेको छ । यसका लागि सहकार्य गर्नका लागि सम्बन्धित गृह प्रशासन र प्रहरीका साथीहरुसँग पनि मैले सहकार्य गर्नुपर्ने हुन्छ । स्पेशल टास्कफोर्स बनाएर पनि जान सकिन्छ कि । अव हामीलाई धेरै लामो लामो भाषण गरेर भन्दा पनि एक्शन आम नागरिकलाई सुशासनको प्रत्याभूति कम्तिमा अनुभूत गरुन् भन्ने किसिमले काम गर्ने योजना छ । ताकि उनीहरुले सरकारले केही ग¥यो भन्ने अनुभुति गरुन् ।’

मन्त्री भण्डारीले गृह मन्त्रालयको समन्वयमा आफूले श्रम सम्बन्धि अपराध अनुसन्धानको कामलाई पनि प्राथमिकताका साथ अघि बढाउने बताएका छन्।


प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?