Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए


नेकपा (एमाले)का नेता, कार्यकर्ताहरु सूर्य अंकित रातो ढाका टोपीमा सजिएका छन् । पार्टीको एघाराँै महाधिवेशनको क्रममा शुक्रवार पार्टी मुख्यालय च्यासलमा भेला भएका अधिकांश महाधिवेशन प्रतिनिधिसहितका नेता, कार्यकर्ताहरु सो टोपीमा सजिएका हुन् । सो टोपी पार्टी सजिएका महाधिवेशन प्रतिनिधिहरुले आफूहरु उत्साहका साथ महाधिवेशनको तयारीमा जुटेको प्रतिक्रिया दिएका छन् । सो टोपी पार्टीको केन्द्रिय विज्ञान तथा प्रविधि विभागले व्यवस्थापन गरेको हो । सो टोपीबाट आएको मुनाफा विभागले आफ्नो वार्षिक रुपमा प्रकाशित हुँदै आएको पुस्तकमा खर्च गर्ने योजना बनाइएको विभागका सचिव एवं महाधिवेशन प्रतिनिधि सञ्जीव रोकाले बताउनु भयो । उहाँले आफू महाधिवेशनको तयारीमा उत्साहका साथ लागेको प्रतिक्रिया समेत दिनुभयो । उहाँले भन्नुभयो, ‘यो मैले लगाईराखेको सूर्य अंकित सुर्य टोपी यसलाई मेरो विभागले ब्रान्डिङ गरेको छ । अहिले नेकपा एमालेका सबै कार्यकर्ताको शीरमा सुर्य अंकित टोपी सबैको शीरशीरमा लगाउन खोजिराखेका छौ । आज तपाईले अधिकांशलाई देख्न सक्नु हुन्छ । उहाँहरुले यहाँ त्यो टोपी लगाउनु भएको छ । र, यो टोपीबाट आएको मुनाफाबाट हामीले विभागले वार्षिक हिसावले प्रकाशन गर्ने गरेको कितावमा खर्च गरिनेछ ।’ एमालेको एघारौ महाधिवेशनको उद्घाटन सत्र मंसिर १७ गते शनिवार भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा हुनेछ । सो महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ । सो उद्घाटन सत्रमा ३ लाख भन्दा जनताको सहभागिता गराउने एमालेले दाबी गर्दै आएको छ ।

काठमाडौँ। नेकपा (एमाले)का नेता, कार्यकर्ताहरु सूर्य अंकित रातो ढाका टोपीमा सजिएका छन् ।

पार्टीको एघाराँै महाधिवेशनको क्रममा शुक्रवार पार्टी मुख्यालय च्यासलमा भेला भएका अधिकांश महाधिवेशन प्रतिनिधिसहितका नेता, कार्यकर्ताहरु सो टोपीमा सजिएका हुन् । सो टोपी पार्टी सजिएका महाधिवेशन प्रतिनिधिहरुले आफूहरु उत्साहका साथ महाधिवेशनको तयारीमा जुटेको प्रतिक्रिया दिएका छन् । सो टोपी पार्टीको केन्द्रिय विज्ञान तथा प्रविधि विभागले व्यवस्थापन गरेको हो । सो टोपीबाट आएको मुनाफा विभागले आफ्नो वार्षिक रुपमा प्रकाशित हुँदै आएको पुस्तकमा खर्च गर्ने योजना बनाइएको विभागका सचिव एवं महाधिवेशन प्रतिनिधि सञ्जीव रोकाले बताएका छन् । उनले आफू महाधिवेशनको तयारीमा उत्साहका साथ लागेको प्रतिक्रिया समेत दिएका छन् ।

उनले भने, ‘यो मैले लगाईराखेको सूर्य अंकित सुर्य टोपी यसलाई मेरो विभागले ब्रान्डिङ गरेको छ । अहिले नेकपा एमालेका सबै कार्यकर्ताको शीरमा सुर्य अंकित टोपी सबैको शीरशीरमा लगाउन खोजिराखेका छौ । आज तपाईले अधिकांशलाई देख्न सक्नु हुन्छ । उहाँहरुले यहाँ त्यो टोपी लगाउनु भएको छ । र, यो टोपीबाट आएको मुनाफाबाट हामीले विभागले वार्षिक हिसावले प्रकाशन गर्ने गरेको कितावमा खर्च गरिनेछ ।’

एमालेको एघारौ महाधिवेशनको उद्घाटन सत्र मंसिर १७ गते शनिवार भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा हुनेछ । सो महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन । सो उद्घाटन सत्रमा ३ लाख भन्दा जनताको सहभागिता गराउने एमालेले दाबी गर्दै आएको छ ।


प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?