Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली


काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यले समाजको पथप्रर्दशक गर्नुपर्ने बताएका छन् ।

शुक्रवार पार्टी मुख्यालय च्यासलमा युगदुत नामक पुस्तकको विमोचन गर्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले साहित्य खाली आत्म सन्तुष्टिका लागि मात्रै हुन नहुने बताएका छन् । साहित्य समाज, मानव जीवनका लागि उद्देश्यमूलक अनुभुतिहरुको अभिव्यक्ति, अनुभवहरुको संगालो, भावनाहरुको गहिर्याई, चिन्तनको उडाईहरु मिसिएको हुनुपर्ने उनको भनाई थियो । अध्यक्ष ओलीले विश्वका विभिन्न क्रान्तिको प्रेरणाको स्रोत समेत साहित्य भएकाले समेत स्मरण गराएका छन् ।

उनले भने,‘साहित्यलाई गन्तव्यहिन साहित्य होइन, खाली आत्मासन्तुष्टिका लागि साहित्य होइन, साहित्य समाजका लागि, मानव जीवनका लागि उद्देश्यमूलक अनुभूतिहरुको अभिव्यक्ति, अनुभवहरुको संगालो, भावनाहरुको गहि¥याई, चिन्तनको उडाई यी सबै कुराहरु मिसिएको हुनुपर्दछ । यस्तो साहित्य जस्ले समाजको ऐनको मात्रै काम गर्दैन । त्यो भन्दा अझ अगाडि बढेर समाजको पथप्रर्दशक गर्दछ । चिन्तनले, विचारले समाजलाई बाटो देखाउने हो । विश्वका विभिन्न क्रान्तिका प्रेरकहरु साहित्यकारहरु, रचनाकारहरु, गीतकारहरु छन । गजलकारहरु छन् ।’

अध्यक्ष ओलीले नेपाल साहित्यको पनि उर्वराभूमि रहेको दाबी समेत गरेका छन् ।


प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?