Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

उपत्यकाका नदी सफा गर्न धेरै प्रशोधन प्लान्ट बनाउने योजनामा छौँः शहरी विकासमन्त्री घिसिङ


काठमाडौँ। शहरी विकासमन्त्री कुलमान घिसिङ कुलमान घिसिङले काठमाडौ उपत्यकाभित्रका नदीहरुलाई सफा गर्न धेरै फोहोर पानी प्रशोधन प्लान्ट बनाउने तयारी गरिररहेको बताएका छन् ।

थापाथलिस्थित वागमती करिडोरमा निर्माणाधिन फोहोर पानी प्रशोधन प्लान्टको शनिवार निरीक्षण गर्दैउनले वागमती, विष्णुमती, धोबीखोला लगायतका नदीहरुलाई सफा गर्नको लागि धेरै प्रशोधन प्लान्ट आवश्यक पर्ने बताएका छन् । सबै नदी सफा गर्नको लागि प्रतिदिन ६ सय एमएलडीको प्लान्ट चाहिने उनले जानकारी दिएका छन् । उनकाअनुसार हाल उपत्यकामा निर्माणधिन प्लान्टहरु यसको २० प्रतिशत मात्रै भएको बताए । उनले वागमती नदी सफा गर्नको लागि गुह्येश्वरीमा प्लान्ट बनेको र अन्य केही ठाउँहरुमा पनि बन्ने क्रममा रहेको जानकारी दिएका छन् । थापाथली करिडोरमा बनेको प्लान्टले टुकुचाको ढललाई सफा गरेर पानीलाई वागमतीमा फाल्ने उनको भनाई छ । उनले एडिबीको ३ अर्ब १८ करोड लगानीमा प्लान्ट निर्माणको काम भइरहेको जानकारी दिंदै प्लान्ट निर्माणमा केही ढिलाई भएको स्वीकार गरेका छन् । रुख कटानीमा ढिलाई र लालितपुरतर्फ पर्ने भूभागमा स्थानियको विरोधले काम रोकिँदा ओभरल प्राजेक्टमा नै केही ढिलाई हुने देखिएको उनको भनाई छ । विवाद समाधान गर्न आवश्यक छलफल गर्ने बताउदै उनले काठमाडौंतिर बन्ने संरचनाहरु भने करिब डेढ वर्षभित्र सम्पन्न हुने बताएका छन् । प्लान्टको संरचना काठमाडौ महानगर र ललितपुरमहानगरमा बन्न लागेको छ ।

उनले भने, ‘वेस्ट वाटर ट्रिटमेण्ट प्लान्टले टुकुचाको सम्पूर्ण ढल सिष्टमलाई सफा गर्छ र पानीलाई वागमतीमा फाल्छ । एडिबीको सहयोगमा काम भईरहेको छ । दुई वटा कारणले अलिकति ढिलो भएको छ, यो । एउटा रुख कटानीमा डेढदुई वर्ष लाग्यो, यो क्षेत्रमा साईट क्लिरियन्स गर्न । यसको कही पार्ट ललितपुर महानगरपालिका पट्टी पर्छ, त्यो पार्टमा स्थानीयको विरोध भएको हुनाले काम गर्न सकिएको छैन । पारीपट्टीको काम रोकिँदा ओभरल प्राजेक्टमा नै केही ढिलाई हुने देखिन्छ । यसलाई हामीले कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल गरेर अगाडी बढाउँछौँ । बाँकी यता बनिरहेको स्टक्चरहरु चाहीँ करिव करिव एक डेढ वर्षभित्र सम्पन्न हुने देखिन्छ । यस्तै ट्रिटमेन्ट प्लान्टहरु हामीले धेरै ठाउँमा बनाउने योजना गरेका छौँ । यसले बाग्मतीलाई सफा गर्छ । फोहोर वागमती सफा देखाउनको लागि ट्रिटमेण्ट प्लान्टहरु बनाउनपर्छ । गुह्येश्वरीमा बनेको छ, एउटा । अरु एकदुई ठाउँमा पनि बनिरहेको छ, सानो सानो । वागमति, विष्णुमती, धोवीखोला सबैलाई सफा गर्नको लागी ट्रिटमेण्ट प्लान्टहरु धेरै नै चाहिन्छ । उपत्यकाका नदी सफा गर्नको लागि धेरै ट्रिटमेण्ट प्लान्टहरु बनाउने योजनामा छौँ ।’

उनले हरेक परियोजनामा रुख कटाईमा समस्या हुने गरेको र सहजै रुख काट्न नपाइने कारण विकास निर्माणका काममा ढिलाई हुने उनको भनाई छ । उनले नदीहरुका ढल प्रशोधनका लागि सरकारले काम गरिरहेको जानकारी दिएका छन् ।


प्रकाशित मिति: २० मंसिर २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?