Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
७ माघ २०८२, बुधबार
७ माघ २०८२, बुधबार

देउवा र ओलीबीच भेटवार्ता


काठमाडौँ। पूर्वप्रधानमन्त्री द्वय शेरबहादुर देउवा र केपी शर्मा ओलीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

शुक्रवार अपरान्ह महाराजगञ्जस्थित निवासमा पुगेर ओलीले देउवासँग भेटवार्ता गरेका हुन्। जेन–जी आन्दोलनपछि देउवा र ओलीबीच भेट भएको थिएन । नेपाली काँग्रेस र नेकपा एमालेको तत्कालीन सरकार रहेका बेलामा जेन–जी आन्दोलन भएको थियो । जसका कारण ओली सत्ताच्युत भएका थिए भने काँग्रेस सभापति देउवाको निवास बुढानीलकण्ठमा देउवा दम्पतीमाथि भौतिक आक्रमण भएको थियो । साथै देउवा र ओलीको निवासमा आगजनी र तोडफोड भएको थियो ।

भेटमा नेकपा एमाले अध्यक्ष ओलीले देउवा दम्पतीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेका छन् । साथै दुई नेताहरुबीच पछिल्लो राजनीतिक, समसामयिक विषयमा पनि छलफल भएको छ ।


प्रकाशित मिति: १९ मंसिर २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?