Trending
>>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
Logo
२५ फाल्गुन २०८२, सोमबार
२५ फाल्गुन २०८२, सोमबार

ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन


काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षमा निरन्तरता दिनुपर्ने बताएका छन् ।

शुक्रवार प्रेस चौतारी नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टीले ओलीलाई नै निरन्तरता दिने निष्कर्षमा पुगेको बताएका छन् । उनले मुलुकमा राष्ट्रिय स्वाधिनता, लोकतन्त्रको रक्षा र प्रतिक्रान्तिलाई परास्त गर्न पनि ओली नेतृत्वको विकल्प नभएको निष्कर्षमा पार्टी केन्द्रिय समिति पुगेको दाबी समेत गरेका छन् । ओलीका नीति, विचार र उँहाले हाँसिल गर्नुभएको उपलब्धिले पनि उहाँलाई नेतृत्वमा निरन्तरता दिन आवश्यक देखिएको उपाध्यक्ष थापाले जिकिर गरेका छन् । उपाध्यक्ष थापाले आम जनता, पार्टी कार्यकर्ता र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न पनि एमालेले उहाँलाई नेतृत्वमा निरन्तरता दिन आवश्यक रहेको बताए । उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलप्रति संकेत गर्दै अहिलेको अवस्थामा नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त नभएको समेत बताएका छन् ।

उपाध्यक्ष थापाले भने,‘उहाँका योगदान, उहाँले लिएका नीतिहरु, अवलम्वन गर्नु भएको विचारहरु र उहाँले प्राप्त गर्नुभएको उपलब्धिहरुलाई हेर्दा अहिले पनि उहाँको आवश्यकता देशलाई छ । र पार्टीलाई छ । अझ अहिलेको विशिष्ट स्थितिमा ठोस स्थितिमा लोकतन्त्रको स्थापनाको निम्ति उहाँको झन बढी आवश्यकता छ । देशको राष्ट्रिय स्वाधिनताको रक्षाको निम्ति झन उहाँको बढी आवश्यकता छ । त्यो हिसावकितावले वर्तमान नेतृत्वलाई नै निरन्तरता दिनुपर्छ भन्ने निष्कर्षमा केन्द्रिय समिति पुगेको हो । यो नेतृत्वको सवालमा हाम्रो विधान महाधिवेशनमा पनि गम्भिर रुपमा छलफल चल्यो । र भर्खरै बसेको केन्द्रिय समिति बैठकमा पनि लिडरसिपको सवालमा गम्भिर रुपमा बहस भएर उहाँको आवश्यकता अहिले पनि देशलाई छ । र उहाँको नेतृत्वमा मात्रै नेकपा एमाले अगाडि बढ्नसक्छ । र देशलाई समृद्धिको दिशातिर अगाडि बढाउन सक्छ भन्ने कुराको निष्कर्षमा पुगेर यो निर्णय भयो । त्यो कोणबाट पार्टीलाई एकतावद्ध गर्ने, पार्टीलाई सुदृढ गर्ने र यो प्रतिक्रान्तिलाई परास्त गर्नको निम्ति वर्तमान अध्यक्षको निरन्तरता आवश्यक छ भन्ने हो । त्यो हिसावकितावबाट यो कोणबाट अहिले जो नेतृत्व छ नेकपा एमालेको अध्यक्षलगायतको । अहिजेको ठोस परिस्थितिमा यो नेतृत्वलाई निरन्तरता दिनुपर्छ भन्ने हो अर्थमा । त्यसकारण पार्टीलाई एकतावद्ध गर्नको निम्ति पनि अहिलेको नेतृत्वलाई निरन्तरता दिनुपर्छ भन्ने यो हो । त्यसकारण यो महाधिवेशनको बारेमा पार्टी केन्द्रिय समितिको पनि यही निष्कर्ष हो । हुनत अहिले विभिन्न कमरेडहरुले सार्वजनिक रुपमा विभिन्न उम्मेदवारीहरु घोषणा गरिरहनुभएको छ । केन्द्रिय समितिको निर्णयको कोणबाट हेर्दा यो ढंग जानु एमाले नेताहरुका लागि उपयुक्त होइन । यसले पार्टीलाई एकतावद्ध गर्दैन । यसले अझ विघटन र विर्सजनतिर लैजान्छ । अहिलेको सन्दर्भमा प्रतिस्पर्धाको नामबाट यो ढंगले जान हामी उपयुक्त हुँदैन । त्यसकारण एकतावद्ध नेतृत्व सहमतीका साथ अघि बढाउने केन्द्रिय समितिको पनि निर्णय भएको र आम जनताको पनि, कार्यकर्ताको पनि यो चाहना भएको हुनाले यही ढंगले जानुपर्छ भन्ने हाम्रो ठहर छ ।’

उपाध्यक्ष थापाले पदाधिकारी संख्या र केन्द्रिय समितिको आकार बढाउन आवश्यक देखिएको उल्लेख गर्दै त्यसका लागि विधानमा संशोधन गरेर अघि बढ्न आवश्यक रहेको समेत बताएका छन् ।


प्रकाशित मिति: १९ मंसिर २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?