Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

जेन–जी सरकारले पनि हाम्रा माग पूरा गरेनः सहकारी पीडित


काठमाडौँ। सहकारी पीडितहरुले प्रदर्शनलाई जारी राखेका छन् ।

मंसिर ५ गतेदेखि पीडितहरुले समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यलयको अगाडी बुद्धनगरमा प्रदर्शन गरिरहेका छन् । उनीहरुले सोमवार पनि प्रदर्शनलाई निरन्तरता दिएका हुन् । सहकारीमा जम्मा गरेको वचत फिर्ता पाउनुपर्ने, रकम हिनामिना गर्नेलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेर उनीहरु आन्दोलनमा उत्रेका हुन् । आन्दोलनमा सहभागी भएका बनेपामा रहेको पशुपति सहकारीपीडित राजकुमार ढकालले आफ्नो १८ लाख रुपैयाँ डुबेको बताएका छन् । उनले छोराछारी पढाउनको लागि राखेको रकम फिर्ता नपाएको गुनासो गरेका छन् । ३ वर्षदेखि सो सहकारी बन्द भएको उनको भनाई छ । सञ्चालक फरार भएपछि विगत ३ वर्षमा आफूहरुले रत्नपार्कमा १०८ दिन, तीनकुने ६३ दिन आन्दोलन गरेको बताएका छन् । हाल बुद्धनगरमा मंसिर ५ गतेदेखि आन्दोलन गरिरहेको उनको भनाई छ । उनले सरकारले पटकपटक वार्ता गरेपनि आफुहरुको माग पूरा नगरेको बताए । कतिपय सहकारी पीडितहरु डिप्रेशनको शिकार समेत बनेको उनको भनाई छ । उनले सरकारले चाहेमा सहकारी पीडितको रकम फिर्ता गर्नसक्ने बताउदै आफू पनि डिप्रेशनको सिकार भएर औषधि सेवन गरिरहेको जानकारी दिएका छन् । उनले जेन–जी आन्दोलनपछि बनेको नागरिक सरकारले समेत आफुहरुको माग पूरा नपरेको बताएका छन् ।

प्रदर्शनमा सहभागीहरुले सहकारी पीडितलाई न्याय दे, वचतकर्ताको सम्पूर्ण वचत फिर्ता गर्ने जिम्मेवारी सरकारको हो, भ्रष्टाचारमुक्त नेपाल निर्माण गरौँ, सम्पूर्ण पीडितको वचत फिर्ताको जिम्मा सरकारले लिनुपर्छ, सरकार समस्याग्रस्तमा राजनितिक नियुक्तिको आवरणमा दलाली गर्ने कर्मचारीलाई कारबाही खै ? लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।


प्रकाशित मिति: १५ मंसिर २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?