Trending
>>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

रवि लामिछाने र परिवर्तनका पक्षधरहरुलाई नजरअन्दाज नगरियोस्:डोलप्रसाद अर्याल


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले रवि लामिछाने र परिवर्तनका पक्षधरहरुलाई नजरअन्दाज नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

आईतवार काठमाडौंमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकारलाई रास्वपाले पूर्णरुपमा सहयोग गरिरहेको भएपनि सरकारले सोअनुसारको व्यवहार गर्न नसकेको टिप्पणी गरेका छन् । उनले निर्वाचनको वातावरण निर्माणमा ध्यान केन्द्रित गर्न पनि सरकारको ध्यानाकर्षण गराउदै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सहयोगका लागि समेत सबै राजनीतिक दलहरुलाई आह्वान गरेका छन् ।

उनले भने, ‘हामीले यो सरकारलाई चुनाव गराउनको लागि आवश्यक टेको लगाइरहेका छौँ । तर यो सरकारले पनि रवि लामिछाने वा राष्ट्रिय स्वतन्त्र पार्टीमाथि अथवा परिवर्तनका पक्षधरमाथि यो सरकारले पनि नजरअन्दाज ग¥यो भने आज राष्ट्रिय स्वतन्त्र पार्टी बलियो भएको छ, अबको दिनमा अझै ठुलो बन्नेछ । हामीलाई सडकमा आउन बाध्य नपारियोस् । यो सरकारलाई शंकाको सुविधा दिँदै शान्तीपूर्ण तरिकाको चेतावनी पनि हो । यो सरकारले आफ्नो म्याण्डेडमा बसेर समयमै निर्वाचन गराओस् । राजनीतिक दलहरुलाई हामीले आह्वान गरिरहेका पनि छौं । र दलहरुले शान्ती, भयरहित र निश्पक्ष रुपमा निर्वाचन गराउनको लागि सबै राजनीतिक दलहरुले पनि काम गर्नुपर्नेछ ।’

उनले विवेकशील पार्टीसँगको एकतापछि पार्टी झनै बलियो भएको भन्दै ठूलो शक्ति हुनबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन्।


प्रकाशित मिति: १४ मंसिर २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?