Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

रास्वपामा समाहित हुँदै विवेकशीलकी अध्यक्ष बास्कोटाले भनिन्–‘मलाई केही चाहिन्न, विवेकशील अभियान मर्नुभएन’


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग समाहित भएको विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटले आफूलाई कुनै पद नचाहिने भन्दै विवेकशील साझा अभियान मर्न नदिने बताएकी छिन् ।

आईतवार काठमाडौंमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले व्यक्तिगत स्वार्थको लागि रास्वपामा समाहित नभएको स्पष्ट पार्दै मुलुक र जनताको हितका लागि एकतामा आएको दाबी गरेकी छिन् । उज्ज्वल थापाले सुरुवात गरेको वैकिल्पक राजनीतिले अनेक ठक्कर खाएको स्मरण गर्दै दलमा आउने जुनसुकै कठिनाई र चुनौतीको सामना गन आफूहरु तयार रहेको उनको भनाइ छ ।

उनले भनिन्, ‘साथिहरुले तपाई राष्ट्रिय पार्टीमा के बन्दै हुनुहुन्छ भनेर सोध्नुहुन्छ ? मलाई थाहा छैन । तपाई उम्मेदवार हो कि समानुपातिक सुरक्षित गर्नुभयो कि भन्छन् । हाम्रो पुरानो राजनीतिले गरेको त्यही नै हो । पहिले देखिनै आफू सुरक्षित हुने र आफ्नो लागि मात्र गर्ने राजनीति हुँदै आएको छ । हामीले भन्यौं–हामी हुनुपर्यो । विवेकशील साझा आन्दोलन मर्नुभएन । उज्वल थापाले रोपेको बिउ फुल्नुपर्यो, फक्रिनुपर्यो । मलाई केही चाहिदैन । जब उज्वल थापाले रोपेको बीउ संसद भवनमा गर्जिन थाल्छ तब म हरेकमा समीक्षा र उज्वल नै देख्छु । त्यो हो हामीले गरेको राजनीतिक र तपस्या । यसै भनेको होइन वैकल्पिक राजनीति सद्प्रयास हो । रविजीले निर्माण गर्नुभयो यो दल । उहाँ थुनामा हुनुहुन्छ । उहाँले शुरु गर्नुभएको सद्प्रयासमा विवेकशीलले विगत १२ वर्षदेखि गरिराखेको मुल्यमान्यताको र जगको राजनीति ल्याएर जोडेको हो । एकअर्कामा समाहित भएको हो । कतिपयले भन्नुहुन्छ तपाईहरु विलय हुनुभयो । यो विलय होइन प्रलय हो । फागुन २१ मा जुन मतक्रान्ती हुन्छ त्यसको लागि विलय हुन जरुरी छ । विलय भएपछि पो प्रलय हुन्छ । त्यसकारण विलय होइन प्रलय नै हो ।’

उनले आफूहरु निःशर्त रास्वपासँग एकीकृत हुन आएको भन्दै निःशर्त नै सबैभन्दा ठूलो शर्त हुने बताएकी छिन् ।


प्रकाशित मिति: १४ मंसिर २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?