Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
७ माघ २०८२, बुधबार
७ माघ २०८२, बुधबार

रास्वपामा समाहित हुँदै विवेकशीलकी अध्यक्ष बास्कोटाले भनिन्–‘मलाई केही चाहिन्न, विवेकशील अभियान मर्नुभएन’


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग समाहित भएको विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटले आफूलाई कुनै पद नचाहिने भन्दै विवेकशील साझा अभियान मर्न नदिने बताएकी छिन् ।

आईतवार काठमाडौंमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले व्यक्तिगत स्वार्थको लागि रास्वपामा समाहित नभएको स्पष्ट पार्दै मुलुक र जनताको हितका लागि एकतामा आएको दाबी गरेकी छिन् । उज्ज्वल थापाले सुरुवात गरेको वैकिल्पक राजनीतिले अनेक ठक्कर खाएको स्मरण गर्दै दलमा आउने जुनसुकै कठिनाई र चुनौतीको सामना गन आफूहरु तयार रहेको उनको भनाइ छ ।

उनले भनिन्, ‘साथिहरुले तपाई राष्ट्रिय पार्टीमा के बन्दै हुनुहुन्छ भनेर सोध्नुहुन्छ ? मलाई थाहा छैन । तपाई उम्मेदवार हो कि समानुपातिक सुरक्षित गर्नुभयो कि भन्छन् । हाम्रो पुरानो राजनीतिले गरेको त्यही नै हो । पहिले देखिनै आफू सुरक्षित हुने र आफ्नो लागि मात्र गर्ने राजनीति हुँदै आएको छ । हामीले भन्यौं–हामी हुनुपर्यो । विवेकशील साझा आन्दोलन मर्नुभएन । उज्वल थापाले रोपेको बिउ फुल्नुपर्यो, फक्रिनुपर्यो । मलाई केही चाहिदैन । जब उज्वल थापाले रोपेको बीउ संसद भवनमा गर्जिन थाल्छ तब म हरेकमा समीक्षा र उज्वल नै देख्छु । त्यो हो हामीले गरेको राजनीतिक र तपस्या । यसै भनेको होइन वैकल्पिक राजनीति सद्प्रयास हो । रविजीले निर्माण गर्नुभयो यो दल । उहाँ थुनामा हुनुहुन्छ । उहाँले शुरु गर्नुभएको सद्प्रयासमा विवेकशीलले विगत १२ वर्षदेखि गरिराखेको मुल्यमान्यताको र जगको राजनीति ल्याएर जोडेको हो । एकअर्कामा समाहित भएको हो । कतिपयले भन्नुहुन्छ तपाईहरु विलय हुनुभयो । यो विलय होइन प्रलय हो । फागुन २१ मा जुन मतक्रान्ती हुन्छ त्यसको लागि विलय हुन जरुरी छ । विलय भएपछि पो प्रलय हुन्छ । त्यसकारण विलय होइन प्रलय नै हो ।’

उनले आफूहरु निःशर्त रास्वपासँग एकीकृत हुन आएको भन्दै निःशर्त नै सबैभन्दा ठूलो शर्त हुने बताएकी छिन् ।


प्रकाशित मिति: १४ मंसिर २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?