Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

देशको हित कसरी गर्ने भन्नेमा केन्द्रित छौँः माधव नेपाल


काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफूहरु देशको हित कसरी गर्ने भन्नेमा केन्द्रित रहेको बताएका छन् ।

आईतवार पोखरामा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उनले नेपाली कम्युनिष्ट पार्टीका उद्देश्यहरु देश जोगाउने, स्वाभिमानको रक्षा गर्ने, देश हितका कामहरु गर्ने रहेको बताएका छन् उनले आफूहरु देशभक्त नेपाली रहेको भन्दै त्यसमा गौरव गर्नुपर्ने बताए । देशको रक्षा गर्ने जिम्मेवारी कुनै विदेशी चाकडी गरेर र उनीहरुसँग लड्न गएर नहुने बताएका छन् । नेपालको मामिलामा कसैले हस्तक्षेप गर्न नहुने र नेपालको भूमि कसैका लागि प्रयोग गर्न नदिने कुरामा ध्यान दिनुपर्ने बताएका छन् ।

उनले भने, ‘हामीले जुन उद्देश्यहरु राखेका छौँ, जुन लक्ष्यहरु तय गरेका छौँ, त्यसलाई जोगाउने, स्वाभिमानको रक्षा गर्ने, र देशको हित कसरी गर्ने भन्नेमा केन्द्रित रहेको छ । त्यसो भएको हुनाले हामी देशभक्त नेपाली हाँै भन्नेकुरामा गौरववोध गर्नुपर्छ । देशको रक्षा गर्ने जिम्मेवारी कुनै विदेशीको चाकडी गर्ने पनि होइन । उनीहरुसँग लड्न जाने पनि होइन । हाम्रो मामिलामा कसैले हस्तक्षेप नगरोस् । नेपालको भूमि कसैका लागि प्रयोग गर्ने काम नगरोस् ।’

सहसंयोजक नेपालले पोखरा पर्यटनको निम्ति उर्वर भूमि भएको बताएका छन् । सांस्कृतिक, ऐतिहासिक धरोहर पोखरा रहेको पनि बताएका छन् ।


प्रकाशित मिति: १४ मंसिर २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?