Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

देशको हित कसरी गर्ने भन्नेमा केन्द्रित छौँः माधव नेपाल


काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफूहरु देशको हित कसरी गर्ने भन्नेमा केन्द्रित रहेको बताएका छन् ।

आईतवार पोखरामा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उनले नेपाली कम्युनिष्ट पार्टीका उद्देश्यहरु देश जोगाउने, स्वाभिमानको रक्षा गर्ने, देश हितका कामहरु गर्ने रहेको बताएका छन् उनले आफूहरु देशभक्त नेपाली रहेको भन्दै त्यसमा गौरव गर्नुपर्ने बताए । देशको रक्षा गर्ने जिम्मेवारी कुनै विदेशी चाकडी गरेर र उनीहरुसँग लड्न गएर नहुने बताएका छन् । नेपालको मामिलामा कसैले हस्तक्षेप गर्न नहुने र नेपालको भूमि कसैका लागि प्रयोग गर्न नदिने कुरामा ध्यान दिनुपर्ने बताएका छन् ।

उनले भने, ‘हामीले जुन उद्देश्यहरु राखेका छौँ, जुन लक्ष्यहरु तय गरेका छौँ, त्यसलाई जोगाउने, स्वाभिमानको रक्षा गर्ने, र देशको हित कसरी गर्ने भन्नेमा केन्द्रित रहेको छ । त्यसो भएको हुनाले हामी देशभक्त नेपाली हाँै भन्नेकुरामा गौरववोध गर्नुपर्छ । देशको रक्षा गर्ने जिम्मेवारी कुनै विदेशीको चाकडी गर्ने पनि होइन । उनीहरुसँग लड्न जाने पनि होइन । हाम्रो मामिलामा कसैले हस्तक्षेप नगरोस् । नेपालको भूमि कसैका लागि प्रयोग गर्ने काम नगरोस् ।’

सहसंयोजक नेपालले पोखरा पर्यटनको निम्ति उर्वर भूमि भएको बताएका छन् । सांस्कृतिक, ऐतिहासिक धरोहर पोखरा रहेको पनि बताएका छन् ।


प्रकाशित मिति: १४ मंसिर २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?