Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

नेपाली कम्युनिष्ट पार्टी हाम्रो आत्मालोचनाको परिणाम होः प्रचण्ड


काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपाली कम्युनिष्ट पार्टी आफूहरुको आत्मसमीक्षाको परिणाम भएको बताएका छन् ।

आईतवार पोखरामा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उनले अहिले नेपाली कम्युनिष्ट पार्टीले गरेको एकता सभा नेताहरुको आत्मालोचना भएको जिकिर गरेका छन् । विगतमा भएका कमजोरीहरुप्रति आफूहरुले आत्मसमीक्षा गरेको भन्दै अब त्यस्तो गल्ती नदोहोर्याउने प्रतिवद्धता जनाउदै यति ठूलो संख्यामा कम्युनिष्ट पार्टीहरु एकैसाथ एकीकृत भएको नेपालको इतिहासमै पहिलो घटना भएको दाबी गरेका छन् । उनले अब देशमा देखिएका समस्याहरु समाधान गर्नेमा केन्द्रित हुने पनि बताएका छन् ।

उनले भने, ‘आजको एकता सन्देश सभा मेरो दृष्टिमा यो हामीहरुको नेपाली कम्युनिष्ट पार्टीमा एकतावद्ध हुन आएका सबै नेताहरुको आत्मालोचना सभा पनि हो । तपाईंहरुको अगाडि विगतमा हाम्रो तर्फबाट भएका कमी कमजोरीहरुप्रति आत्मसमीक्षा गर्दै अब हामी त्यस्तो गर्ने छैनौँ भनेर तपाईंहरुका अगाडि संकल्प गर्न आएका हौँ । यो संकल्प सभा पनि हो । एकता गर्ने कोशिस त विगतमा पनि गरेका हौँ । यति ठूलो संख्यामा कम्युनिष्ट पार्टीहरु एकैसाथ केन्द्रित भएको नेपालको इतिहासमै पहिलो घटना हो । यो आत्मसमीक्षाको परिणाम हो । रुपान्तरणको निम्ति गरिएको नयाँ संकल्पको परिणाम हो । देशमा देखिएका समस्याको समाधान गर्न फेरि एक पटक प्रतिवद्धता व्यक्त गर्दछौँ ।’

संयोजक दाहालले देशमा अहिले असाधारण परिस्थिति रहेको बताएका छन् ।


प्रकाशित मिति: १४ मंसिर २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?