Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

नेपाली कम्युनिष्ट पार्टी हाम्रो आत्मालोचनाको परिणाम होः प्रचण्ड


काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपाली कम्युनिष्ट पार्टी आफूहरुको आत्मसमीक्षाको परिणाम भएको बताएका छन् ।

आईतवार पोखरामा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उनले अहिले नेपाली कम्युनिष्ट पार्टीले गरेको एकता सभा नेताहरुको आत्मालोचना भएको जिकिर गरेका छन् । विगतमा भएका कमजोरीहरुप्रति आफूहरुले आत्मसमीक्षा गरेको भन्दै अब त्यस्तो गल्ती नदोहोर्याउने प्रतिवद्धता जनाउदै यति ठूलो संख्यामा कम्युनिष्ट पार्टीहरु एकैसाथ एकीकृत भएको नेपालको इतिहासमै पहिलो घटना भएको दाबी गरेका छन् । उनले अब देशमा देखिएका समस्याहरु समाधान गर्नेमा केन्द्रित हुने पनि बताएका छन् ।

उनले भने, ‘आजको एकता सन्देश सभा मेरो दृष्टिमा यो हामीहरुको नेपाली कम्युनिष्ट पार्टीमा एकतावद्ध हुन आएका सबै नेताहरुको आत्मालोचना सभा पनि हो । तपाईंहरुको अगाडि विगतमा हाम्रो तर्फबाट भएका कमी कमजोरीहरुप्रति आत्मसमीक्षा गर्दै अब हामी त्यस्तो गर्ने छैनौँ भनेर तपाईंहरुका अगाडि संकल्प गर्न आएका हौँ । यो संकल्प सभा पनि हो । एकता गर्ने कोशिस त विगतमा पनि गरेका हौँ । यति ठूलो संख्यामा कम्युनिष्ट पार्टीहरु एकैसाथ केन्द्रित भएको नेपालको इतिहासमै पहिलो घटना हो । यो आत्मसमीक्षाको परिणाम हो । रुपान्तरणको निम्ति गरिएको नयाँ संकल्पको परिणाम हो । देशमा देखिएका समस्याको समाधान गर्न फेरि एक पटक प्रतिवद्धता व्यक्त गर्दछौँ ।’

संयोजक दाहालले देशमा अहिले असाधारण परिस्थिति रहेको बताएका छन् ।


प्रकाशित मिति: १४ मंसिर २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?