Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
७ माघ २०८२, बुधबार
७ माघ २०८२, बुधबार

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भनेको लेण्डुप र जेलेन्सकी जन्माउने प्रपञ्च हो: पूर्वमन्त्री


काठमाडौँ। पूर्वजलस्रोतमन्त्री दीपक ज्ञवालीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यवस्था नेपालका लागि घातक हुने टिप्पणी गरेका छन् ।

शनिवार जेन–जी एलाईन्स फर मोनार्कीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो शासन व्यवस्था आए मुलुक नरहनसक्ने अवस्था आउने चेतावनी समेत दिएका छन् । जलस्रोतविद् समेत रहनुभएका ज्ञवालीले सो शासन व्यवस्था ल्याउने प्रश्ताव राख्नेहरुले मुलुकलाई निरंकुशतामा धकेल्ने प्रयास गरिरहेको जिकिर गर्दै सो शासन व्यवस्थाको बहसमा खरो ढंगले उत्रन आवश्यक रहेको पनि औँल्याएका छन्।

पूर्वमन्त्री ज्ञवालीले भने, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी । त्यो जतिको खतरनाक नेपालमा केही पनि हुँदैन । त्यो लेण्डुपदोर्जे र जेलेन्सकी जन्माउने प्रपञ्च हो । अप्रत्यक्ष हँुदा त देखिहाल्नु भयो– कस्ता कस्ता रहेछन यहाँ ओली र देउवा । अव प्रत्यक्ष भएको भएदेखि त के गर्थे होलान । यिनी त जेलेन्सकी र लेण्डुपदोर्जे हुन्थे होला । यिनीहरुले भारतमा लगेर मिसाईदिउँ भने कसैले बोल्ने ठाउँ नै हुने थिएन । चाहिएको के हो भने यहाँ शक्ति पृथकीकरण र चेक एण्ड ब्यालेन्सलाई कसरी बलियो बनाउने हो । नेपालमा स्थिर सरकार आउनका लागि अरु नै उपायहरु छन । यसले स्थिर सरकार ल्याउँदैन, निरकंशता जन्माउँछ । यो बहसमा हामी अघि बढि नै ओर्लनुपर्ने हुन्छ । नत्र देशनै हिँडने स्थिति आउन सक्छ ।’

त्यस अवसरमा पूर्वमन्त्री ज्ञवालीले केपी ओली र शेरबहादुर देउवाहरुले नै मुलुकलाई कमजोर बनाएको आरोप समेत लगाएका छन् ।


प्रकाशित मिति: १३ मंसिर २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?