Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
७ माघ २०८२, बुधबार
७ माघ २०८२, बुधबार

चारैतिर लहरा चढ्दा देउवा नेतृत्व ‘मक्किन’ थालिसक्यो नेता श्रेष्ठ


काठमाडौँ। नेपाली काँग्रेसका नेता ओमकार श्रेष्ठले विशेष महाधिवेशनले पार्टी संगठनलाई फुटाउने नभई अझ मजबुत बनाउन सहयोग गर्ने बताएका छन् ।

पार्टीको विशेष महाधिवेशन पक्षधरले बुधवार काठमाडौंमा आयोजना गरेको भेलामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेतृत्वले चुनावभन्दा अगाडि महाधिवेशन गरे पार्टी कमजोर बन्ने तर्क गरिरहेको उल्लेख गर्दै त्यो तर्क तथ्यहीन भएको टिप्पणी गरेका छन् । उनले तत्कालीन पार्टी सभापति सुवर्ण शमशेर राणाको प्रश्तावमा महाधिवेशन भई नेतृत्व हस्तान्तरण भएको इतिहास स्मरण गराउँदै अहिले पनि पार्टीलाई समयसापेक्ष अगाडि बढाउन नेतृत्व तयार हुनुपर्ने बताए । उनले पार्टी सभापति शेरबहादुर देउवाका पहिचान र प्रभाव समेत ‘लहराले छोपिन थालेको’ टिप्पणी गर्दै नेतृत्वको अघिपछिको लहरोको कारण देउवाको नेतृत्व मक्किन थालेको टिप्पणी पनि गरेका छन् ।

उनले भने, ‘विशेष महाधिवेशनले पार्टी फुटाउदैन । बरु विशेष महाधिवेशनले पार्टीलाई जुटाउँछ । किनभने समयसापेक्ष देशले नेतृत्व खोज्छ । त्यो नेतृत्व दिनको लागि पार्टी तयार हुनुपर्छ । पहिलो विशेष अधिवेशनमा श्रदेय नेता सुवर्णजी सभापति हुनुहुन्थ्यो । उहाँको आफ्नै प्रश्तावमा विषेश महाधिवेशन भएको थियो र नेतृत्व हस्तान्तरण भएको थियो । जसरी अहिले चुनाव अगाडि महाधिवेशन गराउँदा पार्टी कमजोर हुन्छ भन्ने कुरा आएको छ । जब कुनै घटना नै हुदैन भने मनमुटाव कहाँ हुन्छ । कि त अहिले नै मनमुटाव छ भनेर भन्नुप¥यो । अहिले मनमुटाव छैन भने त्यो बेलामा कुनै घटना हुँदै हुदैन । बिचरा शेरबहाुदरजीको पनि दुर्दशा, विचरा सोझो छ । इमान पनि छ , धेरै दुःख गरेका मान्छे पनि हुन् । योगदान पनि गरेका मान्छे हुन् । तर हुँदा हुँदा अहिले त कस्तो भयो भने शेरबहादुरजी जसरी उभिनुभएको छ । मक्किन थालिसक्यो । लहराहरु चारैतिरबाट चढेको छ । लहराले विरुवा छोपिसक्यो । शेरबहादुरजी देखिन पनि छोडिसक्नुभयो । कतै विषेश महाधिवेशन भन्नेहरुलाई नक्कली पनि भनेका छन् । भित्र शेरबहादुरजी हलचल नगरीकन बस्नुभएको छ । त्यो लहरालाई के डर छ भने रुख भाँचियो भने आफू भूइँमा पछारिन्छु भन्ने डर छ ।’

उनले पार्टीका केही नेताहरुले विशेष महाधिवेशन प्रतिनिधिका हस्ताक्षरलाई नक्कली भन्ने गरेकोप्रति आपत्ति जनाएका छन् ।


प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?