Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

जसपाका वागमती प्रदेश अध्यक्ष गोले एमालेमा प्रवेश


काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका वागमती प्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

बुधवार भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको नीजि निवासमा आयोजित अनौपचारिक कार्यक्रममा उनि एमालेमा प्रवेश गरेका हुन् । अध्यक्ष ओलीले उहाँलाई खादा लगाएर पार्टीमा स्वागत गरेका छन् । उनले अशोक राई नेतृत्वको जसपामा समेत टुक्रा टुक्रामा विभाजित भएको कारण पार्टी परित्याग गरेर एमालेमा आएको जिकिर गरे । उनले मुलुकलाई स्थिर राजनीतिक अवस्थाको खाचो रहेको उल्लेख गर्दै मुलुकलाई एमालेले मात्र स्थिरता दिनसक्ने दाबी समेत गरेका छन् ।

उनले भने, ‘यो पार्टी लामो इतिहास बोकेको पार्टी पनि हो । म विद्यार्थी काममा यही पार्टीमा आवद्ध थिएँ । म जनता समाजवादी पार्टी स्थापनादेखि लागेको हो । तर जसपाले अहिले आफ्नो धारहरु परिवर्तन गर्यो । जसपा अहिले टुक्रा टुक्रामा विभाजित भइसकेको छ । यो देशलाई वास्तव स्थीर राजनीतिक अवस्थाको आवश्यकता छ । त्यो अवस्था एमालेमा देखेर पार्टी प्रवेश गरेको हुँ ।’

उनले जसपा विभाजित भएपछि पार्टी परित्याग गर्नुपरेको बताएका छन्।


प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?