Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

जसपाका वागमती प्रदेश अध्यक्ष गोले एमालेमा प्रवेश


काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका वागमती प्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

बुधवार भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको नीजि निवासमा आयोजित अनौपचारिक कार्यक्रममा उनि एमालेमा प्रवेश गरेका हुन् । अध्यक्ष ओलीले उहाँलाई खादा लगाएर पार्टीमा स्वागत गरेका छन् । उनले अशोक राई नेतृत्वको जसपामा समेत टुक्रा टुक्रामा विभाजित भएको कारण पार्टी परित्याग गरेर एमालेमा आएको जिकिर गरे । उनले मुलुकलाई स्थिर राजनीतिक अवस्थाको खाचो रहेको उल्लेख गर्दै मुलुकलाई एमालेले मात्र स्थिरता दिनसक्ने दाबी समेत गरेका छन् ।

उनले भने, ‘यो पार्टी लामो इतिहास बोकेको पार्टी पनि हो । म विद्यार्थी काममा यही पार्टीमा आवद्ध थिएँ । म जनता समाजवादी पार्टी स्थापनादेखि लागेको हो । तर जसपाले अहिले आफ्नो धारहरु परिवर्तन गर्यो । जसपा अहिले टुक्रा टुक्रामा विभाजित भइसकेको छ । यो देशलाई वास्तव स्थीर राजनीतिक अवस्थाको आवश्यकता छ । त्यो अवस्था एमालेमा देखेर पार्टी प्रवेश गरेको हुँ ।’

उनले जसपा विभाजित भएपछि पार्टी परित्याग गर्नुपरेको बताएका छन्।


प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?