Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

प्रशासनिक कार्यान्वयनमा संघीयता पूर्ण असफल भएको मुख्यसचिवको स्वीकारोक्ति


काठमाडौँ। मुख्यसचिव एकनारायण अर्यालले संघीयता कार्यान्वयनको क्रममा तीन तहका सरकारबीच अधिकार क्षेत्रको स्पष्टता नहुनु र कानून निर्माण प्रक्रियामा देखिएको अराजकता नै वर्तमान समयको सबैभन्दा ठूलो समस्या रहेको बताउनुभएको छ ।

नेपाल कानून समाजले काठमाडौंमा आयोजना गरेको “वित्तीय स्रोत व्यवस्थापन तथा प्राकृतिक स्रोतको उपयोग” विषयक छलफल कार्यक्रममा मुख्यसचिव अर्यालले यस्तो बताएका हुन् । उनले संघ, प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँड र कार्यान्वयनमा देखिएको अन्योलले विकास निर्माणदेखि सेवा प्रवाहसम्म सबै क्षेत्र प्रभावित भएको उल्लेख गरेका छन् । संघीयता कार्यान्वयनमा प्रशासनिक क्षेत्र र प्राकृतिक स्रोत बाँडफाँडमा अझै सहजता कायम हुन नसकेको उनको भनाइ छ । मुख्यसचिव अर्यालले प्रदेश र स्थानीय तहले कानून निर्माण गर्दा माथिल्लो तहको कानूनलाई ध्यान नदिने तथा एकअर्कासँग बाझिने गरी अझ ‘प्रोएक्टिभ’ कानून बनाउने प्रवृत्तिका कारण धेरै विषय टुंगोमा पुग्न नसकेको बताएका छन् । उनले संघीयता जनताको घरदैलोमा सेवा पुर्याउने उद्देश्यले ल्याइएको भएपनि पूर्ण कार्यान्वयन हुन नसक्दा सेवा प्रवाहमा दोहोरोपन (डुप्लिकेसन) देखिएको र जनताले दुःख पाएको स्वीकार गरेका छन् ।

उनले भने, “प्रदेशले कानून बनाउँदाखेरी संघीय कानूनलाई विचार नगर्ने, स्थानीय तहले कानून बनाउँदा प्रदेश र संघीय कानूनको भन्दा प्रोएक्टिभ भएर कानून बनाउने जुन खालको प्रचलन छ, त्यो कारणले यी विषयहरूमा हामी टुङ्गोमा पु¥याउन सकिएको छैन । राजनीतिक रूपमा संघीयता सफल हुँदै गयो, तर प्रशासनिक हिसाबमा नेचुरल रिसोर्सको बाँडफाँडमा जुन सरलता पाउनुपथ्र्यो, त्यो दिन सकिएन । हिजो गाउँमा जेटीए वा पशु चिकित्सकलाई फोन गरे पुग्थ्यो, सेवा तुरुन्तै आउँथ्यो। अहिले ज्ञान केन्द्र भन्या छ, स्थानीय तह भनेको छ – अब कताबाट जनताले सेवा पाउने हो ?”

प्राकृतिक स्रोतको उपयोगमा पनि गम्भीर जटिलता रहेको उहाँले औंल्याएका छन् । संविधानका अनुसूभिमा उल्लेखित अधिकारको बाँडफाँड तथा परिचालनमा मात्र नभई सेवा प्रवाहका अन्य धेरै विषयमा पनि जनतालाई अपेक्षित सुविधा दिन नसकिएको उनले स्वीकार गरे । कर कसले लिने, कति प्रतिशत कसलाई जाने भन्नेमा विवाद र दोहोरो करको समस्या रहेको तथा नेतृत्वमा अझै “जनताकेन्द्रित सेवा प्रवाह” को भावना र समन्वयात्मक सोचको कमी रहेको उनको भनाइ थियो । संघीयता कार्यान्वयनका जटिलता हटाई सेवा प्रवाह प्रभावकारी बनाउन तीनै तहका सरकारबीच थप समन्वय र स्पष्ट नीतिगत मार्गदर्शन आवश्यक रहेको मुख्यसचिव अर्यालले जोड दिएका छन् ।


प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?