Trending
>>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

प्रगतिशील लोकतान्त्रिक पार्टी जेन–जी आन्दोलनको उपज होः बाबुराम भट्टराई


काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी जेन–जी आन्दोलनको उपज भएको बताएका छन् ।

आईतवार काठमाडौंमा आयोजित सो पार्टीको घोषणा सभामा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले प्रलोपलाई जेनजी पुस्ताको पार्टी भन्नुपर्ने जिकिर समेत गरेका छन् । प्रलेपालाई जेन–जी पुस्ताको पार्टी हो भनेर नबुझने हो भने त्यसको कुनै अर्थ नहुने उनको जिकिर थियो । पूर्वप्रधानमन्त्री भट्टराईले जेन–जी पुस्ताको आवाज र मागलाई सो पार्टीले पूरा गर्नुपर्ने बताएका छन् ।

उनले भने,‘यो पार्टी भनेको जेन–जी आन्दोलनको उपज हो । र जेन–जी पुस्ताको पार्टी हो भनेर बुझ्न जरुरी छ । यदि यो कुरा बुझिएन र मैले मेरो आफ्नै बखान गर्ने, अर्कोको अर्को बखान गर्दै हिँडने हो भने हुँदैन । अबको यो पार्टीको एजेण्डा भनेको जेन–जी पुस्ताको चेतनासँग, त्यसको आवाजसँग, यो युगसँग जोडिएका कुराहरु यसले पूरा गर्नसक्छ कि सक्दैन ?’

पूर्वप्रधानमन्त्री भट्टराईले जेन–जी पुस्ताको मागलाई सम्बोधन गरेर अघि बढ्न पुराना पार्टी र नेताहरु मात्रै नभएर राजनीतिमा नै पुनर्संरचना आवश्यक रहेको समेत बताएका छन्।


प्रकाशित मिति: ७ मंसिर २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?