Trending
>>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

मंसिर १२ मा माईतीघरमा जेन–जीको कार्यक्रमः उपस्थितिका लागि सरकारका सबै मन्त्रीलाई निम्तो


काठमाडौँ। जेन–जी २.० राष्ट्रिय अभियानले शहीदहरुको स्मृतिमा मौनधारण कार्यक्रम आयोजना गर्ने भएको छ ।

आईतवार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर गृहमन्त्री ओमप्रकाश अर्याललाई माईतीघरमा हुने उक्त कार्यक्रममा निमन्त्रणा गरेको हो । उनीहरुले हालका राष्ट्रिय शैक्षिक स्वास्थ्य, उर्जा, युवासम्बन्धी मुद्दा तत्काल सम्बोधन गर्न पनि माग गरेका छन् । सरकारका प्रतिनिधिहरुको उपस्थितिले युवाहरुको मनोबल बढाउने, शहीदको सपनामा सरकारको प्रतिवद्धता झल्काउने उनीहरुको ठहर छ । कार्यक्रममा सरकारका सबै मन्त्रीहरुलाई बोलाउने कार्यक्रम रहेको अभियानले जनाएको छ । २३ गतेको घटनाका दोषीहरुलाई कारबाही हुनुपर्ने माग गरिएको उनीहरुले बताए ।

२३ गतेका अपराधीहरुलाई समातेपछि मात्रै २४ गतेको आगजनी, तोडफोड गर्नेहरुलाई समात्न आग्रह गरेको बताएका छन् । जेन–जी नै अहिलेको सरकारको पर्खाल भएको उनीहरुको दाबी छ ।


प्रकाशित मिति: ७ मंसिर २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?