Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
७ माघ २०८२, बुधबार
७ माघ २०८२, बुधबार

पार्टीभित्रका मठाधीशहरुलाई धुपबत्ती गर्न छाडेर प्रगतिशिल पार्टी निर्माणमा लागेका छौँः जनार्दन शर्मा


काठमाडौँ। प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पार्टीभित्रका मठाधीशहरुलाई धुपबत्ती गर्न छाडेर प्रगतिशिल पार्टी निर्माणमा लागेको बताएका छन् ।

प्रगतिशिल लोकतान्त्रिक पार्टीको घोषणा सभामा उनले पार्टीभित्रका मठाधीशहरुलाई धुपबत्ती गर्न छाडेर पार्टी निर्माणमा लागेको बताएका छन् । नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टी बीचको एकता प्रक्रियाबाट बाहिरिएका नेता शर्माले प्रगतिशिल अभियान चलाएका थिए । उनले सामन्तवादको सियाशनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणमा सहभागीहरु अब नयाँ प्रक्रियामा सक्रिय भएको बताएका छन्।

उनले भने, ‘सामन्तवादको सियाशनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणमा सहभागी हामीहरु पार्टीभित्रका मठाधिशहरुलाईलाई धुपबत्ती गर्न छाडेर प्रगतिशिल लोकतान्त्रिक पार्टी घोषणा गर्ने प्रक्रियामा सामेल भएका छौँ ।’

शर्मा नेतृत्वको प्रगतिशिल राष्ट्रिय अभियान, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीचको एकता सोमवार भएको हो ।


प्रकाशित मिति: ७ मंसिर २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?