Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

पार्टीभित्रका मठाधीशहरुलाई धुपबत्ती गर्न छाडेर प्रगतिशिल पार्टी निर्माणमा लागेका छौँः जनार्दन शर्मा


काठमाडौँ। प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पार्टीभित्रका मठाधीशहरुलाई धुपबत्ती गर्न छाडेर प्रगतिशिल पार्टी निर्माणमा लागेको बताएका छन् ।

प्रगतिशिल लोकतान्त्रिक पार्टीको घोषणा सभामा उनले पार्टीभित्रका मठाधीशहरुलाई धुपबत्ती गर्न छाडेर पार्टी निर्माणमा लागेको बताएका छन् । नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टी बीचको एकता प्रक्रियाबाट बाहिरिएका नेता शर्माले प्रगतिशिल अभियान चलाएका थिए । उनले सामन्तवादको सियाशनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणमा सहभागीहरु अब नयाँ प्रक्रियामा सक्रिय भएको बताएका छन्।

उनले भने, ‘सामन्तवादको सियाशनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणमा सहभागी हामीहरु पार्टीभित्रका मठाधिशहरुलाईलाई धुपबत्ती गर्न छाडेर प्रगतिशिल लोकतान्त्रिक पार्टी घोषणा गर्ने प्रक्रियामा सामेल भएका छौँ ।’

शर्मा नेतृत्वको प्रगतिशिल राष्ट्रिय अभियान, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीचको एकता सोमवार भएको हो ।


प्रकाशित मिति: ७ मंसिर २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?