Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

प्रधानमन्त्री कार्कीसँग निर्वाचन गराउने मनशाय नै छैनः ओली


काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन गराउने मनशाय समेत नरहेको दाबी गरेका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री कार्कीले निर्वाचन गराउन नसक्ने जिकिर समेत गरेका छन् । अध्यक्ष ओलीले निर्वाचनयोग्य वातावरण नभएकाले मुलुकमा निर्वाचन हुने अवस्था नरहेको उल्लेख गर्दै त्यसै गरेर एमालेले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्नुपरेको बताएका छन् । उनले १ सय २५ वटा पार्टीहरुसँग निर्वाचनका लागि वार्ता गरेको भनेर प्रधानमन्त्री कार्कीले काँग्रेस, एमालेजस्ता पार्टीहरुलाई अपमान गरेको भन्दै आपत्ति जनाएका छन् ।

अध्यक्ष ओलीले भने,‘म सम्माननीय राष्ट्रपतिजीलाई पनि भन्न चाहन्छु, प्रधानमन्त्रीलाई पनि भन्न चाहन्छु तपाई यतिबेला भएको कारणले निर्वाचन गराउनु हुन्छ भने खुरुखुरु गराउन हुन्छ भने गराउनुस । शान्तिपूर्ण वातावरण बनाउनुस, हतियार फिर्ता ल्याउनुस । अपराधीहरुलाई नियन्त्रणमा ल्याउनुस । निर्वाचनयोग्य वातावरण बनाउनुस । धेरै ब्याख्या गर्न चाहन्न । गराउनुस । त्यो तपाईले सक्नु हुन्न । तपाईको त्यो मनसाय पनि देखिदैन । तपाईले गरेको वार्ता कस्ता छन ? १२५ वटा पार्टी बोलाएर वार्ता गरेको रे । यो एमाले, काँग्रेस जस्ता पार्टीहरुलाई अपमान गरेको हो यो १२५ वटा पार्टीहरुसँग वार्ता गरेको भनेर । यो तमासा हो ।’

अध्यक्ष ओलीले वर्तमान सरकार असंवैधानिक भएकाले यसका कुनै पनि काम आफूहरुलाई मान्य नहुने बताएका छन् ।


प्रकाशित मिति: ५ मंसिर २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?