Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

प्रधानमन्त्री कार्कीसँग निर्वाचन गराउने मनशाय नै छैनः ओली


काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन गराउने मनशाय समेत नरहेको दाबी गरेका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री कार्कीले निर्वाचन गराउन नसक्ने जिकिर समेत गरेका छन् । अध्यक्ष ओलीले निर्वाचनयोग्य वातावरण नभएकाले मुलुकमा निर्वाचन हुने अवस्था नरहेको उल्लेख गर्दै त्यसै गरेर एमालेले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्नुपरेको बताएका छन् । उनले १ सय २५ वटा पार्टीहरुसँग निर्वाचनका लागि वार्ता गरेको भनेर प्रधानमन्त्री कार्कीले काँग्रेस, एमालेजस्ता पार्टीहरुलाई अपमान गरेको भन्दै आपत्ति जनाएका छन् ।

अध्यक्ष ओलीले भने,‘म सम्माननीय राष्ट्रपतिजीलाई पनि भन्न चाहन्छु, प्रधानमन्त्रीलाई पनि भन्न चाहन्छु तपाई यतिबेला भएको कारणले निर्वाचन गराउनु हुन्छ भने खुरुखुरु गराउन हुन्छ भने गराउनुस । शान्तिपूर्ण वातावरण बनाउनुस, हतियार फिर्ता ल्याउनुस । अपराधीहरुलाई नियन्त्रणमा ल्याउनुस । निर्वाचनयोग्य वातावरण बनाउनुस । धेरै ब्याख्या गर्न चाहन्न । गराउनुस । त्यो तपाईले सक्नु हुन्न । तपाईको त्यो मनसाय पनि देखिदैन । तपाईले गरेको वार्ता कस्ता छन ? १२५ वटा पार्टी बोलाएर वार्ता गरेको रे । यो एमाले, काँग्रेस जस्ता पार्टीहरुलाई अपमान गरेको हो यो १२५ वटा पार्टीहरुसँग वार्ता गरेको भनेर । यो तमासा हो ।’

अध्यक्ष ओलीले वर्तमान सरकार असंवैधानिक भएकाले यसका कुनै पनि काम आफूहरुलाई मान्य नहुने बताएका छन् ।


प्रकाशित मिति: ५ मंसिर २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?