Trending
>>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

भीम रावललाई नेकपामा स्वागत गर्दै दाहालले भने– ‘एकतालाई चुनाव जित्ने रणनीतिको रुपमा नबुझियोस्’


काठमाडौँ। नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुक अहिले असाधारण संकटको अवस्थामा रहेको वस्तुगत आवश्यकताको आधारमा कम्युनिष्ट घटकहरुबीच एकता भएको टिप्पणी गरेका छन् ।

बुधवार नेपाली कम्युनिष्ट पार्टीमा मातृभूमि जागरण अभियान समाहित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले मुलुकको स्वाधिनता, नेपालको भौगोलिक अखण्डता र जनताको आत्मनिर्णयको अधिकार इतिहासकै सबैभन्दा संकटको अवस्थामा रहेको बताएका छन् । उनले अहिलेको एकता निर्वाचन जित्ने प्रयोजनको लागि गरिएको एकताको रुपमा नबुझ्न समेत सबैमा आग्रह गर्दै राष्ट्रलाई जोगाउने आवश्यकताको जगमा सिद्धान्त र विचार मिल्ने कम्युनिष्ट दलहरु मिल्नुपरेको दोहोर्याएका छन् ।

उनले भने, ‘मुलुक आज असाधारण संकटमा छ । मुलुकको स्वाधिनता, नेपाली जनताको आफ्नो सम्मान, नेपालको भौगोलिक अखण्डता नेपाली जनताको आत्मनिर्णयको अधिकार यति संकटमा सयाद इतिहासमा कहिल्यै परेको थिएन । मैले भन्ने गरेको छु सुगौली सन्धि यताको स्थिति हेर्ने हो भने देश अहिले असाधारण संकटमा छ । त्यसकारण यो एकता कुनै ट्याक्टिकल एकता होइन । यो तत्काल चुनाव जित्नको लागि गरिएको एकता होइन । त्यसरी नबुझियोस् । यो एकता राष्ट्र बचाउने ऐतिहासिक आवश्यकतामा बनेको हो । यो एकता जेनजी आन्दोलनका क्रममा युवाहरुले उठाएका मागहरु र आवश्यकताका आधारमा पनि यो एकता भएको हो ।’

उनले गत भदौको अन्तिम साता भएका जेन—जी विद्रोहले समेत आफूहरुलाई आत्मआलोचनासहित एकतावद्ध हुन प्रेरणा दिएको बताएका छन् ।


प्रकाशित मिति: २६ कार्तिक २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?