Trending
>>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

शेखर कोईरालाको चेतावनी: महाधिवेशन विवादले काँग्रेस विभाजनको खतरा


काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले पार्टीभित्र महाधिवेशनको विषयलाई लिएर उत्पन्न विवादले विभाजनसम्मको अवस्था ल्याउनसक्ने चेतावनी दिएका छन् ।

मंगलवार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नियमित वा विशेष महशाधिवेशनबारे पार्टी केन्द्रिय समिति बैठकले निर्णय गर्न नसके पार्टी विभाजनको अवस्था आउनसक्ने चेतावनी दिएका छन् । उनले पार्टीभित्र विशेष महाधिवेशनको माग गर्दै ५५ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षर भइसकेको बताउँदै नेता कोईरालाले उक्त हस्ताक्षर प्रमाणिकरणको प्रक्रिया शुरु हुने दिनदेखि नै काँग्रेस विभाजनको सम्भावना रहेको बताउँदै केन्द्रिय समिति बैठकले नै निष्कर्ष निकाल्नुपर्ने बताएका छन् । उनले बहुमत हस्ताक्षरको बलमा महाधिवेशन हुनेमा शंका नरहेपनि पार्टी एकता जोगाउन केन्द्रिय समितिकै बैठकबाट महाधिवेशनसम्बन्धी निर्णय लिनुपर्नेमा जोड दिएका छन् ।

उनले भने, ‘विशेष महाधिवेशनको माग गर्ने ५५ प्रतिशत साथीहरु जो हुनुहुन्छ । त्यसमा हस्ताक्षर प्रमाणिकरण शुरु गरेको दिनदेखि नै विभाजन हुने सम्भावना हुन्छ । ४० प्रतिशत मात्रै पुगेर महाधिवेशनमा गयौं भने पनि विभाजन त भयो नि । बाँकी ६० प्रतिशत विभाजित हुने सम्भावना देखियो । त्यसकारण मैले केन्द्रीय समितिको बैठकले नै निर्णय गर्यो भने शतप्रतिशत महाधिवेशनकै पक्षमा हुन्छन् भनेर त्यँहीबाट निर्णय गरौं भन्ने मेरो मान्यता हो । ५५ प्रतिशत हस्ताक्षर जुन भएको छ त्यसमा कुनै शंका गर्नुपर्ने ठाउँ छैन । बाध्यात्मक हुन्छ । तर पार्टी विभाजनतिर नजाओस भनेर हामीले केन्द्रीय समिति बैठकबाटै निर्णय खोजेका हौं ।’

पार्टी विभाजनको दिशामा जान नदिन आफूले मध्यमार्गि भुमिका खेलिरहेको नेता कोईरालको भनाइ छ ।


प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?