Trending
>>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको टिप्पणीः वर्तमान संविधानलाई राम्रो भन्न सकिँदैन


काठमाडौँ। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालको संविधानलाई राम्रो भन्न नसकिने बताएका छन् ।

नेपाल कानून समाजले मंगलवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संविधान राम्रो भएको भए जनतामा सन्तुष्टिको मात्रा बढ्ने उनको निष्कर्ष थियो । पूर्वप्रधानन्यायाधीश श्रेष्ठले संविधानले राम्रो नतिजा नदिएकै कारण जेन–जी पुस्ताले आन्दोलन गर्नुपरेको जिकिर समेत गरेका छन् । आम जनतालेसंविधानको लाभहरु भोग्न नपाएको उल्लेख गर्दै उनले असन्तुष्टि समेत व्यक्त गरेका छन् ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने,‘यो संविधान राम्रो र नराम्रो कार्यान्वयन कसरी हुन सक्दछ ? नतिजा आउँदै नआउने संविधान कसरी हुन सक्दछ ? राजनीति विशिष्ट खालको र सुशासन निकम्मा खालको कसरी हुन सक्दछ ? यदि संविधान राम्रो हो भने यसको नतिजा त आउथ्यो त । जनताको सन्तुष्टिको मात्र त बढथ्यो त । यस्तो आन्दोलन गर्नुपर्ने अवस्था आउँदैनथ्यो त । नतिजाहरु आएनन् । के देखाउने हो र मान्छेहरु यसको लाभहरु भोग्न चाहन्छन । पाएन भने पाएनन भन्न पाउनुपर्छ । यसरी भन्नुपर्ने अवस्थामा आयो यो । जेन–जी पुस्ताले देशप्रति देखाएको मायाको हामीले सम्मान गर्नुपर्दछ ।’

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले जेन–जी आन्दोलन देशप्रति माया गर्नेहरुले गरेको उल्लेख गर्दै त्यसको सम्मान गरेर अघि बढ्नुपर्ने समेत बताएका छन्।


प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?