Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको टिप्पणीः वर्तमान संविधानलाई राम्रो भन्न सकिँदैन


काठमाडौँ। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालको संविधानलाई राम्रो भन्न नसकिने बताएका छन् ।

नेपाल कानून समाजले मंगलवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संविधान राम्रो भएको भए जनतामा सन्तुष्टिको मात्रा बढ्ने उनको निष्कर्ष थियो । पूर्वप्रधानन्यायाधीश श्रेष्ठले संविधानले राम्रो नतिजा नदिएकै कारण जेन–जी पुस्ताले आन्दोलन गर्नुपरेको जिकिर समेत गरेका छन् । आम जनतालेसंविधानको लाभहरु भोग्न नपाएको उल्लेख गर्दै उनले असन्तुष्टि समेत व्यक्त गरेका छन् ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने,‘यो संविधान राम्रो र नराम्रो कार्यान्वयन कसरी हुन सक्दछ ? नतिजा आउँदै नआउने संविधान कसरी हुन सक्दछ ? राजनीति विशिष्ट खालको र सुशासन निकम्मा खालको कसरी हुन सक्दछ ? यदि संविधान राम्रो हो भने यसको नतिजा त आउथ्यो त । जनताको सन्तुष्टिको मात्र त बढथ्यो त । यस्तो आन्दोलन गर्नुपर्ने अवस्था आउँदैनथ्यो त । नतिजाहरु आएनन् । के देखाउने हो र मान्छेहरु यसको लाभहरु भोग्न चाहन्छन । पाएन भने पाएनन भन्न पाउनुपर्छ । यसरी भन्नुपर्ने अवस्थामा आयो यो । जेन–जी पुस्ताले देशप्रति देखाएको मायाको हामीले सम्मान गर्नुपर्दछ ।’

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले जेन–जी आन्दोलन देशप्रति माया गर्नेहरुले गरेको उल्लेख गर्दै त्यसको सम्मान गरेर अघि बढ्नुपर्ने समेत बताएका छन्।


प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?