Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

संविधान नपढी मन्त्री बन्न गएको होइनः कानूनमन्त्री सिन्हा


काठमाडौँ। कानून न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले संविधानले पूर्वन्यायधीशलाई मन्त्री, सांसद बन्न नरोकेको दाबी गरेका छन् ।

नेपाल कानून समाजले आयोजना गरेको आगामी प्रतिनिधिसभाको निर्वाचनः चुनौती र अवसर विषयक राजनीतिक दलहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो दाबी गरेका छन् । उनले आफू संविधान पढेर नै मन्त्री बन्न गएको बताए । कार्यक्रममा सहभागी एमाले नेता अग्नी खरेलले पुर्वन्यायधीश र प्रधानन्याशीश प्रधानमन्त्री र मन्त्री बन्नु असंवैधानिक बताएपनि मन्त्री सिन्हाले यस्तो जवाफ दिएका हुन् । उनले मन्त्री बन्ने दिन पनि एक घण्टा आफूले संविधान पढेको बताए । उनले मतदान गर्ने अधिकार दिएपछि संविधानले आफूहरुलाई उम्मेद्वार बन्न पाउने अधिकार पनि दिएको बताए । उनले आफूहरु अफ्ठ्यारो अवस्थामा मात्रै सरकार चलाउन आएको र आफुलाई आगामी दिनमा चुनाव लड्ने, मन्त्री बन्ने ईच्छा पनि नरहेको बताएका छन् ।

उनले भने, ‘असंवैधानिक किन रे ! भन्दाखेरी त्यो चाँही नी सरकारी पदमा बस्नको निम्ति न्यायधीशलाई बन्देज लगाएको भनेर भन्नुभयो । म सरकार पद हो की होईन यसो हेरे, मैले संविधान पल्टाएर हेरे । नपढीकन चाहीँ गएको होईन होला म त्यो दिन त्यहाँ । एक घण्टा पढ्ने मौका पाएको थिए । अरु बेला त पढे, त्यो धारा चाँही त्यो बेला पढे । मैले देखे मलाई भोट खसाल्ने अधिकारबाट उहाँहरुले बञ्चित गर्नु भएन, भोट खसाल्ने अधिकार दिएपछि मैले जसलाई भोट खसाल्छु, उसको ठाउँमा गएर म भोट माग्ने अधिकार, स्वतन्त्र होस् या पार्टी समातेर होस्, म उम्मेद्वार बन्ने मेरो अधिकार छ कि छैन ? मसंग अधिकार छ ।’

मन्त्री सिन्हाले सरकारले निर्वाचनको वातावरण निर्माण गरिरहेको पनि दाबी गरेका छन्। सरकारले हरेक राजनितिक दलका जिम्मेवार नेताहरुसँग निर्वाचनको सन्दर्भमा छलफल गरिरहेको पनि जानकारी दिएका छन् । राजनितिक दलहरु निर्वाचनबाट पछाडी नफर्कने पनि उनले विश्वास व्यक्त गरे ।


प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?