Trending
>>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

एमाले निर्वाचनबाट भाग्दैन तर निर्वाचन हुने विश्वास छैनः अग्नी खरेल


काठमाडौँ। एमाले नेता एवं पूर्वकानूनमन्त्री अग्नी खरेलले नेकपा एमाले निर्वाचनबाट नभाग्ने बताएका छन् ।

नेपाल कानून समाजले आयोजना गरेको आगामी प्रतिनिधि सभाको निर्वाचनः चुनौती र अवसर विषयक राजनीतिक दलहरुसंगको अन्तरक्रिया कार्यक्रमा बोल्दै उनले वर्तमान सरकार निर्वाचन गर्नेतिर नलागेको आरोप लगाएका छन् । निर्वाचनको मुख्य स्टेकहोल्डर रहेका राजनितिक दलका नेताहरुलाई नै नभेट्ने अभिव्यक्ति दिने प्रधानमन्त्रीले निर्वाचन गराउनेमा आफूहरुलाई विश्वास नलागेको उनको भनाई छ । उनले निर्वाचन गर्ने वातावरण बनाउने सरकारको काम भएको बताएका छन् । तर सरकारको कामकारबाहीले निर्वाचनको वातावरण बनाउने भन्दा विगार्नेतिर बढी गएको उनको भनाई छ ।

उनले भने, ‘प्रहरीको मनोबल अगाडी बढेको छैन । म विनम्रतापूर्वक भन्छु, ढंगले आओस् एमाले निर्वाचनबाट भागेर बाहिर जाँदैन । तर निर्वाचन हुँदैछ भन्ने कुराको विश्वास दिलाउने खालको सरकारी ढाँचाकाँचा नै छैन । कामकारबाही नै त्यो खालको भईरहको छैन । अनि कसरी निर्वाचन हुन्छ भनेर विश्वास गर्ने । निर्वाचनमय वातावरण बन्नुपर्छ होला नी त, त्यो वातावरण बनेको छ ? त्यसका निम्ति चाहिने चीजहरु आएर फरर आएर भनेर मात्रै हुन्छ ? त्यो खालको निर्वाचनमय वातावरण बनेको छ कि छैन । या बनाईँदै छ कि छैन । चुनाव गर्नुस् हामी भाग लिन्छौ तर हामीलाई आजसम्म चुनाव हुन्छ भन्ने विश्वास छैन, त्यो विश्वास दिलाउने काम सरकारको हो । दलसंग वार्ता गर्दिन भन्ने प्रधानमन्त्रीले देशमा चुनाव खोजेको भन्ने मलाई लाग्दैन । शिर्ष नेताहरुसंग म बस्दिन, किन बस्दिन ? प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानन्याधीश बनाउने त तीनै शिर्ष नेता हुन त ? त्यसबेला प्रधानमन्त्री केपी ओली नै हुनुहुन्थ्यो क्यार ।’

उनले राजनितिक दलहरुसमेतको समर्थनमा खिलराज रेग्मी नेतृत्वको सरकार बनेकोले उक्त सरकारले सजिलै निर्वाचन गर्न सफल भएको पनि स्मरण गरेका छन् ।


प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?