Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

जेन–जी पुस्ता राजनीतिक सुझबुझका साथ आउन सक्नुपर्छः भावना राउत


काठमाडौँ। जेन–जी अभियन्ता भावना राउतले निर्वाचनले मात्रै मुलुकको गतिरोध अन्त्य गर्नसक्ने बताएकी छिन् ।

नेपाल कानून समाजले मंगलवार काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अभियन्ता राउतले संविधानको रक्षा गर्दै मुलुकलाई अघि बढाउनुपर्नेमा पनि आफू दृढ रहेको बताइन् । यो संविधानमा उल्लेख गरिएको संघीयता, धर्मनिरपेक्षता, लोकतन्त्र आफूले अनुशरण गरेर अघि बढ्ने उनको भनाई थियो । अभियन्ता राउतले जेनजी पुस्ताले पनि मुलुकलाई निकास दिनका लागि राजनीतिक सुझबुझ देखाउनुपर्ने बेला आएको बताएकी छिन् ।

उनले भनिन्,‘यो चुनाव सोलुसन होइन भन्दागर्दा लोकतन्त्रको डेडलकमा गएर कहाँ हिट गर्ने भन्ने कुरा अलिकति हामीपनि राजनीतिक भाषा बोल्न सुझबुझका साथ आउनुपर्छ जस्तो लाग्छ । मुलुकलाई डेडलकबाट निकाल्न सक्ने एउटा मात्रै अवस्था भनेको चुनाव हो । संविधान बनाउँदाखेरी संविधान सभाबाट पारित संविधान हो यो हाम्रो । यो संविधानलाई यत्तिकै छुन पाइँदैन । म यो संविधान मान्छु, संघीयता मान्छु । धर्मनिरपेक्षता पनि मान्छु । म लोकतन्त्र पनि मान्छु । यति भन्दैगर्दा संविधान रिफर्म हुनुहुन्न भनेको होइन । संविधान रिफर्म गर्नका लागि विगत १० वर्षमा भएका गल्ती एउटा आयोग बनाएर जुन जननिर्वाचित संसद आउँछ । त्यो संसदको पहिलो काम नै संविधान संशोधन गर्ने एजेण्डासहित उनीहरु निर्वाचनमा जानुपर्छ ।’

अभियन्ता राउतले आगामी निर्वाचनपछि बन्ने प्रतिनिधि सभाले संविधान संशोधनको मुद्दालाई पहिलो प्राथमिकतामा राख्नेगरी निर्वाचनको एजेण्डा बनाएर अघि बढ्नुपर्ने समेत बताएक्की छिन् ।


प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?