Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

सबै दलहरुले मिलेर मुलुकलाई निकास दिनुपर्छः प्रकाशमान सिंह


काठमाडौँ। नेपाली काँग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरुले मिलेर मुलुकलाई संकटबाट पार लगाउनुपर्ने बताएका छन् ।

गणेशमान सिंहको जन्मजयन्तिको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको राष्ट्रियता र लोकतन्त्रमाथि आएको संकट समाधानका लागि सबै दलहरुले एकतावद्ध भएर काम गर्ने बेला आएको बताएका छन् । नेता सिंहले काँग्रेसले विगतमा पनि संकटमा बेला मुलुकलाई निकास दिन भुमिका खेल्दै आएको उल्लेख गर्दै अहिले पनि त्यो भुमिका उभिनुपर्ने आवश्यतकता औँल्याएका छन् ।

उनले भने,‘यो पर्शनल प्रपर्टी र नेश्नल प्रपर्टी जसरी यसले अट्याक गरेको छ । यो राम्रो संकेत होइन । अब हामी कसरी अघि बढने भन्ने कुरा हो । यसमा पुराना दलहरु यसमा पनि नेपाली काँग्रेस विशेष रुपमा हाम्रो जिम्मेवारी भनेको नेशन क्राईसेसमा पर्दा जहिले पनि नेपाली काँग्रेसकै नेतृत्वमा वे आउट वा मुलुकलाई निकास दिन विगतमा क्राईसेस आउँदा पनि काँग्रेसले भूमिका खेलेको छ । अहिले पनि यो क्राईसेसलाई पार लगाउनका लागि नेपाली काँग्रेसको भनाई के हो भन्दाखेरी काँग्रेस एकतावद्ध हुनैप¥यो । अरु दलहरुले पनि राष्ट्रियतामाथि आएको जुन संकट छ, लोकतन्त्रमाथि आएको जुन संकट छ । त्यसलाई पार लगाउनका लागि सबैले मिलेर काम गर्नुपर्छ भन्ने हामी सबैले ध्यान दिनुछ ।’

नेता सिंहले जेनजी आन्दोलनमा राष्ट्रिय तथा व्यक्तिगत सम्पत्ति माथि भएको आक्रमण सैह्य नभएको पनि बताएका छन् ।


प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?