Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्रीलाई काँग्रेस नेता सिटौलाको आग्रह: निर्वाचन सार्ने/टार्ने काम नगर्नुस्


काठमाडौँ। नेपाली काँग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले तोकिएको समयमा नै निर्वाचन सम्पन्न गराउन सरकारसँग आग्रह गरेका छन् ।

काँग्रेस नेता सिटौलाले प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचन सार्ने वा टार्ने काम नगर्न पनि सचेत गराएका छन् । गणेशमान सिंहको जन्मजयन्तिको अवसर पारेर सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुक संकटमा फसेको उल्लेख गर्दै त्यसको निदानका लागि निर्वाचनमा जानुको विकल्प नरहेको बताए । नेता सिटौलाले मुलुकलाई संकटबाट निकास दिन सबै राजनीतिक दलहरु मिलेर नयाँ समझदारीका साथ अघि बढनुपर्ने आवश्यकता समेत औँल्याएका छन् ।

उनले भने, ‘प्रधानमन्त्रीलाई मैले भनेको छु निर्वाचन गराउन सफल हुनुहोस् । निर्वाचन सार्ने कुरा नगर्नुहोला । निर्वाचन टार्ने कसैले तपाईलाई सुझाव दियो भने नमान्नुहोला भनेर मैले सुझाव दिएको छु । त्यसकारण फागुन २१ गते टाढा छैन । ४ महिना पनि छैन अव । त्यो निर्वाचनलाई सकरी सफल बनाउने हो ? त्यो तपाई हामी सबैको चुनौतिको रुपमा आएको छ । संक्षेपमा भन्ने हो भने देश संकटमा पुग्यो अचानक । लोकतन्त्र, लोकतान्त्रिक शासन प्रणाली संकटमा पुग्यो । संवैधानिक व्यवस्था संकटमा पुग्यो । पार्टीहरु संकटमा पुगे । अव हामी सबैले समझदारी गरेर मुलुकलाई संकटबाट निकास दिनुपर्छ ।’

नेता सिटौलाले मुलुकलाई निकास दिन लोकतान्त्रिक शक्तिहरुले मिलेर काम गर्नुगर्ने समेत बताएका छन्।


प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?