Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

प्रधानमन्त्रीलाई काँग्रेस नेता सिटौलाको आग्रह: निर्वाचन सार्ने/टार्ने काम नगर्नुस्


काठमाडौँ। नेपाली काँग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले तोकिएको समयमा नै निर्वाचन सम्पन्न गराउन सरकारसँग आग्रह गरेका छन् ।

काँग्रेस नेता सिटौलाले प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचन सार्ने वा टार्ने काम नगर्न पनि सचेत गराएका छन् । गणेशमान सिंहको जन्मजयन्तिको अवसर पारेर सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुक संकटमा फसेको उल्लेख गर्दै त्यसको निदानका लागि निर्वाचनमा जानुको विकल्प नरहेको बताए । नेता सिटौलाले मुलुकलाई संकटबाट निकास दिन सबै राजनीतिक दलहरु मिलेर नयाँ समझदारीका साथ अघि बढनुपर्ने आवश्यकता समेत औँल्याएका छन् ।

उनले भने, ‘प्रधानमन्त्रीलाई मैले भनेको छु निर्वाचन गराउन सफल हुनुहोस् । निर्वाचन सार्ने कुरा नगर्नुहोला । निर्वाचन टार्ने कसैले तपाईलाई सुझाव दियो भने नमान्नुहोला भनेर मैले सुझाव दिएको छु । त्यसकारण फागुन २१ गते टाढा छैन । ४ महिना पनि छैन अव । त्यो निर्वाचनलाई सकरी सफल बनाउने हो ? त्यो तपाई हामी सबैको चुनौतिको रुपमा आएको छ । संक्षेपमा भन्ने हो भने देश संकटमा पुग्यो अचानक । लोकतन्त्र, लोकतान्त्रिक शासन प्रणाली संकटमा पुग्यो । संवैधानिक व्यवस्था संकटमा पुग्यो । पार्टीहरु संकटमा पुगे । अव हामी सबैले समझदारी गरेर मुलुकलाई संकटबाट निकास दिनुपर्छ ।’

नेता सिटौलाले मुलुकलाई निकास दिन लोकतान्त्रिक शक्तिहरुले मिलेर काम गर्नुगर्ने समेत बताएका छन्।


प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?