Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

भदौ २३ र २४ को घटना उपद्रव होः ओली


काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गतेको आन्दोलन क्रान्ति नभएको बताएका छन् ।

घर फर्क राष्ट्रिय अभियानलाई सोमवार सम्बोधन गर्दै उनले भदौ २३ रु २४ गते भएको आन्दोलन उपद्रव भएको र उक्त आन्दोलन परिवर्तनका लागि नभएको जिकिर गरेका छन् । उनले उक्त उपद्रव छानी छानी नेताका घरहरु जलाउने र कसैले सिकाएको योजनावद्ध काम भएको र क्रान्ति यस्तो नहुने बताएका छन् ।

उनले भने, ‘यो परिवर्तनका लागि आन्दोलन होइन । यो कसैले सिकाएर लगाइएको एकदमै योजनावद्ध गूगलम्याप हेरेर तयारी गरिकन आगो लगाइएको हो । हात हातमा हतियार र विष्फोटक चिजहरु बोकेर आगजनी गर्ने चिजहरु बोकर हिँडेका मान्छेहरुको योजनावद्ध काम हो । यो कुनै आन्दोलन होइन । विश्वमा यस्तो क्रान्ति हुँदैन । यो क्रान्ति होइन । यो उपद्रव हो । क्रान्ति गरिरहनुपर्छ । राम्रो कुरा हो ।’

अध्यक्ष ओलीले क्रान्ति सकारात्मक प्रक्रिया भएको बताएका पनि छन् ।


प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?