Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

भदौ २३ र २४ को घटना उपद्रव होः ओली


काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गतेको आन्दोलन क्रान्ति नभएको बताएका छन् ।

घर फर्क राष्ट्रिय अभियानलाई सोमवार सम्बोधन गर्दै उनले भदौ २३ रु २४ गते भएको आन्दोलन उपद्रव भएको र उक्त आन्दोलन परिवर्तनका लागि नभएको जिकिर गरेका छन् । उनले उक्त उपद्रव छानी छानी नेताका घरहरु जलाउने र कसैले सिकाएको योजनावद्ध काम भएको र क्रान्ति यस्तो नहुने बताएका छन् ।

उनले भने, ‘यो परिवर्तनका लागि आन्दोलन होइन । यो कसैले सिकाएर लगाइएको एकदमै योजनावद्ध गूगलम्याप हेरेर तयारी गरिकन आगो लगाइएको हो । हात हातमा हतियार र विष्फोटक चिजहरु बोकेर आगजनी गर्ने चिजहरु बोकर हिँडेका मान्छेहरुको योजनावद्ध काम हो । यो कुनै आन्दोलन होइन । विश्वमा यस्तो क्रान्ति हुँदैन । यो क्रान्ति होइन । यो उपद्रव हो । क्रान्ति गरिरहनुपर्छ । राम्रो कुरा हो ।’

अध्यक्ष ओलीले क्रान्ति सकारात्मक प्रक्रिया भएको बताएका पनि छन् ।


प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?